Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विपन्न परिवारलाई माईजोगमाई गाउँपालिकाद्धारा सोलार वितरण

विपन्न परिवारलाई माईजोगमाई गाउँपालिकाद्धारा सोलार वितरण

  • लोकल सन्देश
  • आइतबार, फाल्गुन ८ २०७८


विपन्न परिवारलाई माईजोगमाई गाउँपालिकाद्धारा सोलार वितरण

इलाम । सौर्य उर्जा कार्यक्रमबाट माई जोगमाई गाउँपालिकाले विपन्न परिवारलाई सोलार हस्तान्तरण वितरण गरेको छ । केन्द्रिय प्रशारण लाइन नपुगेको विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको हो ।

प्रमियम इनर्जी प्रा ली विराटनगरसँग संझौता गरि पालिकाले सोलार सेट खरिद प्रक्रिया गरेको योजना अधिकृत बन्धु राईले बताए । गाउँपालिकाले पालिका भित्रका २८ परिवारलाई सोलार सेट हस्तान्तरण गरेको थियो । सोलार सेट खरिद गरि विपन्न केन्द्रिय प्रशारण लाइन नपुगेका परिवारलाई हस्तान्तरण गर्ने योजना अनुरुप यो वर्ष २८ परिवारलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष जीत बहादूर राईले बताए । सोलार सेट हस्तारन्तरणपछि गुणस्तरका बारेमा अनुगको काम गरिने प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार