Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम देउमाई गोल्डकप : ओएसिसको बिजयी सुरुवात

प्रथम देउमाई गोल्डकप : ओएसिसको बिजयी सुरुवात

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन ८ २०७८


प्रथम देउमाई गोल्डकप : ओएसिसको बिजयी सुरुवात

इलाम । इलाममा जारी प्रथम देउमाई आमन्त्रण गोल्डकप प्रतियोगिता क्लब ओएसिसले बिजयी सुरुवात गरेको छ । देउमाई नगरपालिकाको छात्रावास खेलमैदान जारी प्रतियोगिताको उद्धघाटन खेलमा ओएसिसले शसस्त्र प्रहरी सुनसरीलाई २–० ले हराउँदै बिजयी सुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव बन्यो । दोश्रो हाफको १९ औ मिनेटमा मोहन टुडुले अग्रता दिलाए । ३१ औ मिनेटमा सन्तोष रम्तेलले गोल गरेपछि ओएसिसले सेमीफाइनलमा स्थान बनाउन सफल बन्यो । खेलको म्यान अफ दि म्याच सन्तोष टुडु घोषित भए ।

दोश्रो क्वाटरफाइनल खेलमा आइतबार नेपाली सेनाको पशुपतिप्रसाद गण र भेनस फिक्कल बिच हुनेछ । आगामी फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगितामा इलाम, झापा, पाँचथर र मोरङका ८ टिमको सहभागिता रहेको छ । युनाइटेड देउमाई युथ क्लबको आयोजनामा रहेको प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै बिधागत पुरस्कारमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड र स्ट्राइकरले जनहि ३/३ हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडी ५ हजार रुपैंयाँ पुरस्कार पाउनेछन् । त्यस्तै क्वाटरफाइनल खेलमा म्यान अफ दि म्याच हुनेले १ हजार, सेमिफाइनलका खेलमा २ हजार र फाईनल खेलको म्यान अफ दि म्याचले ३ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिले जानकारी दिएको छ ।

प्रतियोगिताको उद्धघाटन प्रदेश नम्बर एकका पूर्व कृषि मन्त्री राम रानाले गरेका थिए । कार्यक्रममा देउमाई नगरपालिका–५ का वडाध्यक्ष तथा नेपाली कांग्रेस देउमाई नगरपालिकाका सभापती दिलिप कार्की, देउमाई नगरपालिका–३ का वडाध्यक्ष दावा तामाङ, वडा नं ४ का राजेन्द्र बाँस्तोला, नेकपा एमालेका नगर अध्यक्ष भिमलाल खनाल, माओवादी केन्द्रका प्रदेश सदस्य राम राई लगायत देउमाई भित्र रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार