Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका ३ पालिकाका महिला जनप्रतिनिधिहरुका लागि क्षमता विकास तालिम

इलामका ३ पालिकाका महिला जनप्रतिनिधिहरुका लागि क्षमता विकास तालिम

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ५ २०७८


इलामका ३ पालिकाका महिला जनप्रतिनिधिहरुका लागि क्षमता विकास तालिम

माई । जिल्ला समन्वय समिति इलामको आयोजनामा स्थानीय तहका दलित र महिला जनप्रतिनिधिहरूका लागि अन्तरक्रियात्मक क्षमता विकास सम्बन्धी दुई दिवसिय तालिम विहिबार माईमा सुरु भएको छ ।

माई नगरपालिकोे, चुलाचुली गाँउपालिका र माङ्सेबुङ्ग गाउँपालिकाका ४० जनाको सहभागिता रहेको तालिमको उद्घाटन जिल्ला समन्वयन समिति इलामका प्रमुख गणेश प्रसाद बरालले गरेका थिए । प्रमुख अतिथ बरालले समयसापेक्ष रूपमा महिला जनप्रतिनिधिलाई क्षमता विकास गराउन जरुरी रहेकोले विकास निर्माण, सुशासन, सञ्चार, स्थानीय निकाय सञ्चालन ऐन, सूचनाको हक लगायतका विषयमा जानकारी दिन तालिम आयोजना भएको जानकारी दिए ।

माईका नगर प्रमुख दिपक कुमार थेवे, उपप्रमुख बिष्णुमाया आचार्य, चुलाचुली गाँउपालिका उपाध्यक्ष निर्मला दहालको समेतले तालिम सफलताको शुभकामना दिएका थिए । स्थानीय सरकार सञ्चाल ऐन २०७४, स्थानीय सरकारका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरूको काम, कर्तव्य र अधिकारहरू बारेमा जानकारी दिइनेछ ।

नेतृत्व बिकास संघीयता र विभिन्न तहका सरकारका अधिकारहरू र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभुत सिपहरु लगायत विभिन्न कानुनी व्यवस्थाहरू, सूचना सम्बन्धी हक अधिकार तथा संचारसँगको सम्वन्ध लगायतका विषयमा अन्तकृयात्मक क्षमता विकास तालिम शुरु भएको छ ।

तालिमलाई कानुनी विषय र अधिकारका बिषयमा अधिकारकर्मी प्रकाश अधिकारी, महिला नेतृत्बका विषयमा विपनम गुरुङ्ग, सुचना प्रविधि सम्बन्धि कुमार निरौला र कार्यालय ब्यवस्थापन तर्फबाट मणि कोईरालाले सहजीकरण गर्नेछन् । तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता जिल्ला समन्बय समिति इलामको सदस्य हिमकला बस्नेतले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार