सन्दकपूर । इलामका हिमाली बस्तिमा विद्युत विस्तारको काम नेपाल विद्युत प्राधिकरणले गरेपनि छनछिनमा बदलिने मौसमले गर्दा उपभोक्ताले नियमिति विद्युत उपभोग गर्न पाएका छन् । करोडौँ खर्च गरेर विद्युत विस्तार भएपनि वर्षातमा हावाहुण्डरीले विद्युतिय पोल तथा तारमा गर्ने क्षति र हिउँदमा बाक्लो हिउँ जम्ने भएपछि उपभोक्ताले नियमिति विद्युत उपभोग गर्न नपाएका हुन् ।
इलामका हिमाली बस्तिमा केन्द्रिय विद्युत प्रशारण लाइन पुगेको छ । राज्यको करोडौँ रकम खर्चेर पुगेको विद्युत नियमित रुपमा नियमित उपभोग गर्न हिमालीबासीले पाएका छैनन् । हिमाली क्षेत्रको हावापानीका कारण उपभोक्ताले नियमित रुपमा विद्युत उपभोग गर्न नपाएका हुन् ।

हिमाली क्षेत्रका गाउँबपस्तिमा विद्युत पु¥याउन लामो विद्युत प्रशारण लाइन निर्माण गरिएको छ । विस्तार भएको विद्युतको प्रशारण लाइनमा वर्षातको झरि, हावाहुण्डरी र हिउँमा पर्ने हिउँ नियमित विद्युत उपभोगका लागि बाधक बनेको हो । भौगोलिक अवस्थाका कारण प्राधिकरणले स्थानीय क्षेत्रमा विद्युतको मर्मत गर्ने दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसक्दा मर्मतमा पनि ढिलाई हुने गरेको छ । १२ रै महिना घरका छाना उठाउने क्षमताको हावा चल्ने र हिउँदमा हिउँ पर्दा विद्युत उपभोगमा समस्या भएको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
इलामको सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपूर गाउँपालिकाभित्र हिमाली क्षेत्रमा बस्ति छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने हिमाली बस्तिमा विद्युत प्राधिकारणले २०५७ सालबाटै विद्युत विस्तारको काम शुरु गरेको थियो । विद्युत विस्तार भएपनि नियमित विद्युत उपभोगका लागि हावापानी र मौसमले समस्या भएको माईजोगमाई गाउँपालिका अध्यक्ष जीत बहादूर राईले बताए ।
लामो विद्युत प्रशारण लाइन र मौसमको प्रतिकुलताले गर्दा विद्युत नियमित नभएकाले प्राधिकरण छुट्टै फिडर बनाउने योजनामा छ । फिडर छुट्टै बनाउने योजनाको बोलपत्र प्रकाशन समेत भइसकेको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख डेगराज पौडेलले बताए ।
खुल्ला तारमा हिउँ जम्ने र हावापानीले गर्दा लत्रिने भएकाले एस एल पि कबर कन्डक्टर (तार) लगाउने कामको थालनी भएको केन्द्र प्रमुख डेगराज पौडेलको भनाइ छ । चालु आर्थिक वर्षमा हिमाली क्षेत्रमा विद्युत प्रशारण गर्ने ६ किलोमिटर तार परिवर्तन हुनेछ । यो वर्ष इलामको सबैभन्दा उचाईको पर्यटकीय क्षेत्र सन्दकपूर जोड्ने प्रशारण लाइनको तार परिवर्तन गर्नका लागि माग पनि हुँदै आएको छ । इलाम वितरण केन्द्र मार्फत इलामका विभिन्न क्षेत्रमा ३० किलोमिटर ११ हजार भोल्टेजको प्रशारण लाइनको तार परिर्वतका लागि स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरण प्रदेश १ प्रादेशीक कार्यालय विराटनगरका निर्देशक राजन ढकालले बताए ।