Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वातावरण सम्बन्धी गित २६ भाषामा, इलामेली अञ्जनाले दिइन् नेपालीमा स्वर

वातावरण सम्बन्धी गित २६ भाषामा, इलामेली अञ्जनाले दिइन् नेपालीमा स्वर

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन १ २०७८


वातावरण सम्बन्धी गित २६ भाषामा, इलामेली अञ्जनाले दिइन् नेपालीमा  स्वर

इलाम । वातावरण संरक्षण सम्बन्धी गित विश्वभरका २६ वटा भाषामा तयार गरिएको छ । विश्व रेडियो दिवसको अवसरमा बजाइएको गितलाई नेपाली भाषामा बेलायतमा रहेकी इलामकी अञ्जना गुरुङले स्वर दिएकी छन् ।

‘Mothership earth song’ नाम दिइएको उक्त गीतलाई २६ वटा देशले आफ्नो देशको भाषा अनुसार विश्वभर एकैपटक बजाएका हुन् । नेपालीमा उक्त गितको बोल ‘सुन मेरा बच्चाहरु समय थोरै छ मलाई मद्धत गर’ रहेको छ । केथ बार्थलेटको रचना रहेको गितलाई नेपाली अनुवाद लक्ष्मी राई (लारा) ले गरेकी छन् ।

उक्त गीतको नेपाली संस्करण बेलायतमै रेकर्ड गरिएको गायिक अञ्जना गुरुङले बताइन् । विश्वको विभिन्न भाषामा तयार पारिएको गीत आफुले गाउन पाउँदा मलाई निकै खुसी लागेको अञ्जनाले सुनाइन् । यस गीतले विश्वभरका समुदायलाई वातावरण संरक्षण सम्बन्धमा सचेतना प्रदान गर्ने उनको भनाई छ ।

वातावरण स्वच्छ भएमात्रै मानिसहरु निरोगी रहन्छन् भन्ने गीतको मुख्य सन्देश रहेको अञ्जनाले बताइन् । हाल २६ वटा देशले आफ्नो आफ्नो भाषामा उक्त गीत रेकर्ड गराएको र अझै पनि अन्य देशहरुका भाषामा पनि रेकर्ड हुने क्रम जारी रहेको गुरुङले जानकारी दिईन् ।

उक्त गीत नेपालमा देशभर रहेका रेडियो स्टेशनबाट प्रशारण भएको थियो ।

https://www.mothershipearthsong.com/videos-23

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार