माङसेबुङ । इलामको माङसेबुङमा जारी १२ औ संस्करणको पबित्रहाङमा कप खेलकुद प्रतियोगितामा जनता सेभेन स्र्पोटिङ क्लव सूर्योदय नगरपालिकाले बिजयी सुरुवात गरेको छ । माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा आज (बुधबार) सम्पन्न खेलमा कन्काई नगरपालिका झापालाई १–० गोलले पराजित गर्दै जनता सेभेनले बिजयी सुरुवात गरेको हो ।
पहिलो हाफमा गरिमा राईले गरेको गोल नै खेलको निर्णायक बन्यो । जितसंगै जनता सेभेन क्वाटरफाइनल प्रवेश गरेको छ । अब सेमीफाइनल प्रवेशका लागि उसले माघ २८ गते माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब सुनसरीसंग प्रतिस्पर्धा गर्नेछ । गोलकर्ता राई खेलको वुमन अफ दि म्याच समेत घोषित भइन् ।
उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । बिहिबार (भोली) रोयल स्र्पोटिङ क्लब दमक झापा र केराबारी गाउँपालिका खेलकुद समिति मोरङ बिच खेल हुनेछ ।