कन्याम : इलामको सूर्योदय नगरपालिक कन्याममा रहेका तामाङ समुदायले २५५८ औ सोनाम ल्होसार अन्र्तगत बाघ बर्ष आज बिबिध कार्यक्रम गरि मनाएका छन् । आफूहरू को महान् पर्व ल्होसार विगतको वर्षहरुमा भन्दा भिन्न तरिकाले मनाएका छन् ।
डिवि ग्यावकको संयोजकत्वमा तथा विराज तामाङको उप संयोजकत्वमा गठित समितिको आयोजनामा कोरोना महामारीको अवस्था लाई ख्याल गर्दै ५ टोलमा २५/२५ जनाको समूहमा जम्मा भई लामा डम्फूरे सहित सांस्कृतिक कार्यक्रम गर्दै ग्यावक चोकमा आफ्नो रीतिरिवाज अनुरुपको खानपिन गर्दै हर्षोउल्लास पुर्वक मनाएका हुन् ।
कन्याममा रहेको पवित्र डि छ्याव छेवाङ बौद्ध गुम्वामा विहान ल्हो अनुसारको ग्रह पूरा गरि प्रारम्भ गरिएको कार्यक्रममा स्थानीय तामाङ जातिको उल्लेख्य उपस्थिति रहेको थियो । धार्मिक रुपमा बौद्ध धर्मलाई सातौ शताब्दी भन्दा अगाडि नै ग्रहण गरेका यस समुदाय मूल रुपमा काठमाडौ उपत्यका का साथै नेपालका विभिन्न जिल्ला हरु काभ्रेपलान्चोक ,ललितपुर ,रसुवा ,मकवानपुर ,सिन्धुली,दोलखा,धादिङ ,रामेछाप तथा बसाइँसराइ लगायतका कारणले अन्य ठाउँ हरुमा समेत रहेको पाईन्छ ।
नेपाल बाहिर भारत भूटान लगायतका देशहरुमा पनि यो समुदाय रहेको पाईन्छ । सुर्योदय नगरपालिकाको कन्याममा १५० भन्दा वढि घर संख्यामा विभिन्न थरका तामाङ जातिको बसोबास रहेको छ। नेपाली कला,साहित्य ,संगीत ,राजनीति आदिको क्षेत्रमा अतुलनीय योग्दान गरेका तामाङ समूदायले भावी पुस्तालाई आफ्नो संस्कार ,संस्कृति को जगेर्ना गर्नमा प्रेरित गर्न आफुहरु लागि परेको आयोजक समिति सदस्य तथा ईलाम टि गार्डन् इङ्लिस स्कूलका प्रिन्सिपल तेजेन्द्र तामाङले जानकारी दिएका छन् ।