Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

यी ३२ राष्ट्रले खेल्ने छन सन २०१८ को विश्वकप

यी ३२ राष्ट्रले खेल्ने छन सन २०१८ को विश्वकप

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ३० २०७४


यी ३२ राष्ट्रले खेल्ने छन सन २०१८ को विश्वकप

मस्को (एजेन्सी) – दक्षिण अमेरिकी राष्ट्र पेरु ३२ औं टोलीको रुपमा विश्वकपमा छनोट भएपछि रुसमा अर्को वर्ष आयोजना हुने विश्वकप २०१८ को सबै ३२ राष्ट्रको छिनोफानो भएको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार अन्तर-महादेशीय प्लेअफको दोस्रो लेगमा पेरु र न्युजिल्यान्डबीचको खेल सकिएसँगै विश्वकप खेल्ने ३२ राष्ट्रको तय भएको हो ।

विश्वकपमा यसपटक युरोपबाट सबैभन्दा धेरै १४ राष्ट्र छनोट हुँदा दक्षिण अमेरिका, एसिया र अफ्रिकाबाट समान ५–५ देश छनोट हुन सफल भएका छन् । उत्तर अमेरिकाबाट ३ टोलीले विश्वकपमा स्थान बनायो । यस पटक ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले विश्वकपमा स्थान बनाउन सकेन । ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड प्ले अफमा पुगेपनि विश्वकपमा स्थान बनाउन भने सकेन ।

विश्वकपमा छनोट भएका राष्ट्रः

युरोपः रुस, जर्मनी, इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, बेल्जियम, पोल्याण्ड, आइसल्याण्ड, सर्विया, स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क, स्वीडेन

एसियाः जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, अष्ट्रेलिया

दक्षिण अमेरिकाः ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया, पेरु

अफ्रिकाः इजिप्ट, नाइजेरिया, सेनेगल, मोरोक्को, ट्युनिसिया

उत्तर अमेरिकाः मेक्सिको, कोस्टारिका, पानामा

प्रतिक्रिया
सम्बन्धित समाचार