दानाबारी । झापासँग जोड्ने दानाबारी खुदुनाबारी सडक कालोपत्रे भएपछि इलामको माई नगरपालिकाको केन्द्रमा जग्गाको मुल्यवृद्धिमा वृद्धि भएको छ । सहरीकरण बढ्दै गएको माई नगरपालिका केन्द्र जोड्ने सडक कालोपत्रे भएपछि अहिले जग्गाको मूल्यवृद्धि तीन सय प्रतिसतले बढेको हो ।
दक्षिणि माई नगरपा िलकाको केन्द्रमा ५ वर्ष अघि जग्गाको भाउ रोपनीमा किनबेच हुन्थ्यो । लालपुर्जा लिएका जग्गाधनीको संख्या कम रहेको यहाँ अहिले जग्गाको भाउ आकासिएको छ ।
दानाबारी, महमाई, चिसापानी र लक्ष्मीपूर मिलाएर माई नगरपालिका घोषणा भएको थियो । माई नगरपालिकालाई झापा जोड्ने सडक कालोपत्रे भएपछि अहिले जग्गाको मूल्यवृद्धि तीन सय प्रतिसतले बढेको हो ।
झापाको खुदुनाबारीबाट नगरपालिकाको केन्द्र रहेको सितली, शुक्रबारे बजारहुँदै इलामको लोदिया खोलासम्म सडक कालोपत्रे भएपछि जग्गाको मूल्य बढेको हो । माई नगरपालिकाको केन्द्र रहेको शुक्रबारे सितली बजार आसपास २०४३ सालमा प्रतिरोपनी २ हजारमा खरिद बिक्रि हुन्थ्यो ।
२०५० देखि ५५ सालमा १० हजारदेखि २० हजारसम्ममा बिक्रि रहेको जग्गा अहिले ३ लाख रुपैयाँ आना सम्ममा खरिदबिक्रि हुँदै आएको स्थानीय हरि चौलागाईले बताए ।
स्थानीय तह घोषणा भएपछि विकास निर्माणका कामले तिब्रता पाएकाले जग्गाको मुल्य आकासिएको हो । रोपनीमा खरिद बिक्रि हुने माई नगरपालीकाको केन्द्र रहेको शुक्रबारे, सितली क्षेत्रमा अहिले आनामा खरिद बिक्रि हुँदै आएको छ ।
झापा जोड्ने खुदुनाबारी, दानाबारी सडक कालोपत्रे, मदन भण्डारी राजमार्ग र केचना कंचनजंघा सडक माई नगरपालिका भएर नै निर्माण थालिएपछि जग्गाको महत्व बढेर मूल्यपनि बढेको माई नगरपालिका प्रमुख दिपक थेवेले बताए ।
माई नगरपालिका केन्द्रमा अहिले तिब्र रुपमा घरहरु पनि निर्माणको काम भइरहेको हो । घर निर्माण भएपछि फोहोरमैला व्यवस्थापनको काम भने चुनौती बढेको छ । सडक कालोपत्रेपछि शुक्रबारे र सितली क्षेत्रमा बसाईसरी आउनेको संख्या बढेको पत्रकार बिमल दाहालले बताए । सडक कालोपत्रेपछि छोटो समयमै झापा पुग्न सकिने भएपछि माई नगरपालिकाबाट बसाईसरी जानको संख्या घटेको उनले बताए ।