फिक्कल । प्रदेश सांसद खिनु लङ्वा लिम्बुको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ (क) मा पुर्वाधार विकास कार्यक्रम तथा नेतृत्व क्षमता विकास कार्यक्रमको लागि १ करोड रुपैया बराबरको बजेट विनियोजना भएको छ । चालु आर्थिक बर्षका प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम कार्यविधि २०७८ अनुसार निर्वाचन क्षेत्रमा पर्ने ३ स्थानीय तहका २७ वटा योजना एवम कार्यक्रमका लागि बजेट विनियोजना भएको हो ।
सवैभन्दा बढि सूर्योदय नगरपालिकामा ५६ लाख बराबरको १४ वटा कार्यक्रम रहेको छ । त्यसैगरी सन्दकपुर गाउँपालिकामा ८ वटा कार्यक्रमका लागि २६ लाख र माईजोगमाईमा ५ वटा कार्यक्रममा १८ लाख रुपैया बजेट रहेको छ ।
कुन योजनामा कति बजेट
सन्दकपुर गाउँ पालिका
वडा न. १ सुत्लुङ शिरिजंगा पार्क पुर्बाधार निर्माण ५ लाख ।
वडा न. १ आलुबारी हुँदै अधिकारी बिखे भञ्ज्याङ् जोड्ने पुवाखोला कल्भट निर्माण रु ५ लाख ।
वडा न. २ सन्दकपुर हिल देखि सिद्दे–गुराँसे–गुफापोखरी सम्म पदमार्ग निर्माण ५ लाख ।
वडा न. ४ कोकेटार , मिरिक, दोबाटे सडक ट्रक तथा स्तरोन्नति ५ लाख ।
कम्प्युटर तालिम कार्यक्रम १ लाख ५० हजार
उदघोषक तालिम कार्यक्रम १ लाख ५० हजार
नगदे बाली रोग नियन्त्रण सम्बन्धि तालिम कार्यक्रम १ लाख ५० हजार ।
पर्यटन पदप्रर्दशक तालिम कार्यक्रम १ लाख ५० हजार
माइजोगमाइ गाउँपालिका
वडा न. ५ इधिङ्गो गाउँ मादेन गाउँ हुँदै मलुखोला घाट जाने सडक स्तरोन्नति ५ लाख ।
प्याङ जाहाने टोल थरी गाउँ हुँदै बालबिकास केन्द्र जोड्ने सडक ट्रयाक खुल्ला गर्ने ५ लाख ।
कार्तिके देखि भित्ते सम्म रिङ रोड ट्रयाक खुल्ला गर्न ५ लाख
कृषकहरुको नेतृत्व , क्षमता बिकास कार्यक्रम १ लाख ५० हजार
ब्यवसायिक प्रवद्र्धन तालिम कार्यक्रम १ लाख ५० हजार
सूर्योदय नगरपालिका
वडा न. १० फिक्कल रामेखोला देखि बगने गाउँ , माउलेगाउँ हुँदै बिरिङ घाट सडक स्तरोन्नति ५ लाख ।
वडा न. ३ भिम ज्योति स्कुल देखि गुम्बा हुँदै बागबिरे जोड्ने सडक स्तरोन्नति ५ लाख ।
वडा न. २ खड्का चोक देखि आर्यघाट सम्म सडक स्तरोन्नति ५ लाख
वडा न. १ सिद्द देबि स्कुल देखि देबिथान हुँदै बाङ्गिन मानेडाँडा जोड्ने सडक स्तरोन्नति ५ लाख ।
वडा न. ११ पराले मार्ग स्तरोन्नति ५ लाख ।
वडा न. ९ मानेटार आर्दश टोल, नमुना टोल हुँदै नयाँबजार जोडने सडक स्तरोन्नति ५ लाख
वडा न. ३ ङ्याङ्गुर निङ्ममा पेमा छोलिङ गुम्बा पुर्बाधार निर्माण ५ लाख
वडा न. ९ सुगम मार्ग गैरी गाउँ सडक स्तरोन्नति ५ लाख
वडा न. १ मंगलबारे माछापोखरी, श्रीखोला , थापा गाउँ थुम्के सडक स्तरोन्नति ५ लाख ।
वडा न. १० किराँत माङखिम निर्माण ५ लाख
वडा न. २ बित्तीय साक्षरता कार्यक्रम १ लाख ५० हजार
३ लागू औषधि दुव्र्यसनी विरुद्धको सचेतना १ लाख ५० हजार
बित्तीय साक्षरता कार्यक्रम १ लाख ५० हजार ।
लैगिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम १ लाख ५० हजार