माङसेवुङ । इलामको दक्षिणी क्षेत्र माङसेवुङ गाँउपालिका–४ मा संघिय समाजवादी फोरमका जिल्ला सचिवालय सदस्य गजेन्द्र राई सहित ३० घर बाम गठबन्धनमा प्रवेश गरेका छन । आज चुनावीसभाको क्रममा इलाम क्षेत्र नं २ का बाम गठबन्धनका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र प्रदेशसभाका उम्मेदवार धिरेन्द्र शर्मा रमणले उनीहरुलाई खदा र अविर लगाएर गठबन्धनमा प्रवेश गराएका हुन। गठबन्धनमा प्रवेशसंगै सो वडा कम्युनिष्टमय भएको छ ।