Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय गन्तव्य बन्दै सन्दकपूर १ को टप्पु (फोटो फिचर )

पर्यटकीय गन्तव्य बन्दै सन्दकपूर १ को टप्पु (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • आइतबार, माघ २ २०७८


पर्यटकीय गन्तव्य बन्दै सन्दकपूर १ को टप्पु (फोटो फिचर )

सन्दकपूर । हिमाली दृश्यमा रमाउन अनि लोपउन्मुख वन्जन्तुको अध्ययनका लागि इलामको सन्दकपूर १ स्थित टप्पुमा पर्यटकहरुको आकर्षण केन्द्र बनेको छ । संघीय सरकारले एक प्रदेश एक सास्कृतिक ग्राम घोषणा गरि माईपोखरी टप्पु सन्दकपूर हुँदै ढापपोखरी पदमार्ग बनेपछि पर्यटकहरुको चहलपहल बढेको हो ।


सन्दकपुर वडा न १ मा अवस्थित टप्पु क्षेत्र अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको हो । प्राकृतिक रमणियताले भरिएको टप्पु क्षेत्रमा अहिले आन्तरिक पर्यटक बाक्लै पुग्न थालेका छन् । टप्पुमा रेडपाण्डा प्रजनन् केन्द्र निर्माणको कामले बिदेशी पर्यटकहरुको पनि मन तानेको छ ।


संघीय सरकारले एक प्रदेश एक सास्कृतिक ग्राम घोषणा गरि सन्दकपूरमा पर्यटकीय पूर्वाधार निर्माण शुरु गरेपछि टप्पु क्षेत्र पर्यटकको रोजाईमा परेको बनेको हो । रामसार क्षेत्रमा घोषणा भएको माईपोखरीदेखि टप्पु, छिन्टापु, सन्दकपूर हुँदै ढापपोखरीसम्म पर्यटकीय पदमार्ग बनाएपछि टप्पुमा अहिले आन्तरिक पर्यटक बाक्लै पुग्ने गरको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।


टप्पु क्षेत्रमा लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन् केन्द्र निर्माणको थालनीले वन्यजन्तु विज्ञको पनि मन तानिएको छ । कच्चि बाटोलाई सोलिङ गरि १२ रै महिना गाडि गुड्ने गरि सडक स्तरउन्नती गरिएपछि पर्यटक पुग्न सहज भएको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

टप्पु क्षेत्रमा सडक स्तरउन्नती गरिएपछि माईपोखरी घुम्न पुग्ने पर्यटकहरु टप्पु पुग्ने गरेका छन् । मौसम खुलेका बेला हिमाली दृश्य र इलामका रमणिय भु–भागको दृश्यावलोकन गर्न सकिन्छ । लोपोन्मुख जीव वन्यजन्तु वनस्पति, १२ रै महिना फरक फरक मौसममा फुल्ने जंगली फुल र जडिबुटी टप्पुमा अध्ययन गर्न पाइन्छ । टप्पुबाट कंचनजंघाको हिमश्रङ्खलाको दृश्य मज्जाले हेर्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताइन् ।


टप्पु क्षेत्रमा संघीय सरकारले पर्यटकका लागि खान र बस्ने गेष्टहाउस पनि निर्माण गरेको छ । रेडपाण्डाको बासस्थान र प्रजनन् केन्द्रका लागि पूर्वाधार निर्माणपछि पूर्वमा आन्तरिक पर्यटकको पोहिलो गन्तव्य बनाउने गाउँपालिकाको योजना छ ।

समुन्द्र सतहबाट २ हजार ४ सय मिटर उचाईमा रहेको टप्पु क्षेत्रमा हिउँ समेत पर्ने गरेकाले हिउँदमा हिउँ खेल्नेको पनि भिड लाग्छ । सडक स्तरउन्नती भएपछि यस वर्षमा पोहिलो पटक हिउँ परेका बेला आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार