शिवसताक्षी : विभागीय टीम शसस्त्र प्रहरीको एपीएफले झापाको झिलझिलेमा जारी दोश्रो सताक्षी गोल्डकपमा सुखद सुरुवात गरेको छ । प्रतियोगिता अन्र्तगत गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा भएको खेलमा एपीएफले पाहुना टीम भारतको डायमण्ड अफ एकाडेमी मध्यप्रदेशलाई ४–० ले पराजित गरेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक रुपमा खेलिएको उक्त खेलको पहिलो हाफको ३१औं मिनेटमा कर्नरको सदुपयोग गर्दै हेड मार्फत रुकबहादुर लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । एपीएफले प्रहार गरेका दर्जनभन्दा बढी एकाडेमीका गोलरक्षक अभिजित रोयले विफल बनाइदिएका थिए ।
प्रतियोगिताको पाहुना टीम मानिएको डायमण्ड अफ एकाडेमी, मध्यप्रदेशले हाफ टाइमपछि आफूलाई सम्हाल्न नसक्दा अरु ३ गोल खान वाध्य भयो । हाफ टाइमपछि आफूलाई सबल बनाएको एपीएफले एक तर्फी जस्तो देखिएको खेलको ६४औं मिनेटमा जर्सी नं. १४ का श्याम नेपालीले, ७३ औं मिनेटमा रञ्जन बिष्टले गोल गर्दै अग्रता ३–० बनाए । इन्जुरी समयको ८१औं मिनेटमा नबिन लामाले थप १ गोल गर्दै आफ्नो टीमको जीत सुनिश्चित गराएका थिए
खेलको म्यान अफ द म्याच विजेता टीमका रुकबहादुर लामा भए । उनले नगद १० हजार प्राप्त गरे भने बिहिबारको खेल आयोजक सतासीधाम स्र्पोटिङ क्लब विरुद्ध दूधे गोल्डकपको विजेता चर्च ब्वाइज काठमाडौंबीच हुने छ ।
आयोजकका तर्फबाट राष्ट्रिय खेलाडीहरु अनन्त तामाङ्ग, बिमल घर्तीमगर, विक्रम लामा, विशाल श्रेष्ठ लगायत मैदानमा उत्रने आयोजकले जानकारी दिए