फाकफोकथुम । इलामको फाकफोक थुम गाउँ पालिकामा नेपाल बिजुली ,पेन्टर,प्लम्बर तथा निर्माण युनियन मजदुरको प्रथम अधिवेशन सम्पन्न भएको छ।
प्रथम अधिवेशनको खुल्ला सत्रमा जिल्ला सह सचिव गजेन्द्र लिम्बुको अध्यक्षतामा स्वागत मन्तव्य दल बहादुर राखेका थिए । प्रमुख अतिथि जिल्ला अध्यक्ष राजेन्द्र घिमिरे तथा बिशेष अतिथि लक्ष्मण घतानी तथा छत्र बराइलीले युनियन मजदुरहरूको हकहित,सुरक्षा तथा राज्यबाट मजदुरहरूलाई गरिने व्यावहार र औचित्य बारे प्रष्ट पारेका थिए ।
उद्घाटन सत्रपछि भएको प्रथम अधिवेशनबाट, सर्व सहमतीमा दल बहादुर नेपालीको नेतृत्वमा १५ सदस्य पालिका समिति चयन गरिएको थियो। उपाध्यक्ष ठालु मान राई, सचिब लोक बहादुर श्रेष्ठ,सह सचिव पद्मा बागदास, कोषाध्यक्ष गीता राई ,सदस्यहरूमा क्रमशः प्रेम राई, टेकेन्द्र तामाङ्ग,सृजना बराइली, डिल्ली राम मुखिया, चन्द्र प्रसाद राई, गणेश बराइली, मछिन्द्र नेम्बाङ्ग,पुर्ण माया बराइली रहेका छन् । पालिका कमिटी बैठकले दुइ जना मनोनित गरिने भनी कार्यक्रमका अध्यक्ष गजेन्द्र लिम्बुले जानकारी दिए ।