सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–३ सुलुवुङमा जारी प्रथम माघे संक्रान्ति गोल्डकपको उपाधि हेल्लो जसबिरेले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आइएफसी प्याङलाई ३–० गोल अन्तरले हराउँदै जसबिरेले उपाधि जितेको हो । उपाधि दिलाउने क्रममा प्रविन राई, सुमन धमला र केशव मुखियाले गोल गरे ।
आज नै सम्पन्न सेमीफाइनलका खेलमा प्याङले आइएफसी र जसबिरेले जमुनालाई हराउँदै उपाधि भेट पक्का गरेका थिए । माघे संक्रान्तिको पावन अवसरमा गत पुष २५ गतेबाट जारी प्रतियोगिताको बिजेता टोलीले ३१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको प्याङले २० हजार प्राप्त गर्न सफल रहयो । टारी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा २८ टोलीको सहभागिता रहेको थियो ।