Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्ला ए डिभिजन लिग : लिग लिडर बन्दै रेडहर्ष र देउराली सेमीफाइनल प्रवेश

इलाम जिल्ला ए डिभिजन लिग : लिग लिडर बन्दै रेडहर्ष र देउराली सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस २८ २०७८


इलाम जिल्ला ए डिभिजन लिग : लिग लिडर बन्दै रेडहर्ष र देउराली सेमीफाइनल प्रवेश

इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको लिगमा रेडहर्ष क्लब इलामले शिर्ष स्थानमा कायम गरेको छ । ३ जीत र ३ बराबरी नतिजा निकालेको रेडहर्षले १२ अंकका साथ लिग लिडर बन्दै सेमीफाइनल प्रवेश गर्न सफल भएको हो । उसले मंगलबार सम्पन्न खेलमा क्लब ओएसिसलाई पछि पार्दै लिग लिडरको रुपमा अघि बढको हो ।

रेडहर्षले ओएसिसलाई २–० गोल अन्तरले पराजित ग¥यो । पराजित भएपछि ओएसिस पाँचौ स्थान झ¥यो । त्यसैगरी दोश्रो स्थानमा सन्दकपुर गाउँपालिकाको देउराली स्र्पोटिङ क्ल्ब रहन सफल भयो । आफ्नो अन्तिम खेलमा मंगलबारेको त्रिवेणी युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै ११ अंकको साथ देउरालीले समेत सेमीफाइनलमा स्थान बनायो ।

समान अंक भएपनि गोल अन्तरको आधारमा माईभ्याली फुटबल क्लब तेश्रो स्थानमा रहयो । त्रिवेणी १० अंकको साथ चौथो स्थानमा सिमित बन्यो । लिगको अन्तिम खेलमा हेल्लो जसबीरेले हेलिबोथ विब्ल्याटेलाई ३–२ गोल अन्तरले हराउँदै छैटौ बन्यो । २ जीतका साथ ६ अंक जोडेपनि शिर्ष ४ मा स्थान बनाउन असफल बन्यो ।

अंक विहिन हेलिबोथ रेलिगेसनमा परेको छ । लिगको सेमीफाइनल खेल पौष २९ गते र फाइनल पौष ३० गते हुनेछ । च्याम्पियन टोलीले नगद २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताबाट फुटबल संघमा आवद्ध १३ टोलीहरुको ग्रेडिङ समेत हुनेछ । प्रतियोगितामा सहभागिता जनाएका १३ मध्ये अन्तिम स्थानमा रहने २ टोली रेलिगेसनमा पर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार