Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम जिल्ला ए डिभिजन लिग : को बन्ला लिग लिडर ?

इलाम जिल्ला ए डिभिजन लिग : को बन्ला लिग लिडर ?

  • लोकल सन्देश
  • मंगलबार, पौस २७ २०७८


इलाम जिल्ला ए डिभिजन लिग : को बन्ला लिग लिडर ?

इलाम । इलाम सदरमुकाम स्थित टुडिखेलमा आज जिल्ला ए डिभिजन लिगको अन्तिम चरणको खेल हुँदैछ । प्रतियोगिताको अन्तिम चरणको खेलमा त्रिवेणी युथ क्लब र देउराली स्र्पोटिङ क्लब पहिलो खेलमा भिड्दैछन् । त्यसैगरी रेडहर्ष र क्लब ओएसिस तथा हेलिबोथ र हेल्लो जसबीरे भिड्दैछन् ।

भोलीका सुरुवाती २ खेल उपाधि छिनोफानो र शिर्ष ३ का लागि हुनेछ । देउराली स्पाेर्टिङ क्लब सन्दकपुर लिग लिडरको लागि निर्णायक बन्न सक्छ । उसले जीतका बाबजुद पनि लिग लिडर हुने मौका पाउँदैनन् । त्रिवेणीले जीत निकालेको खण्डमा दोश्रो खेल जित्ने टोली दोश्रो हुनेछ । पराजित हुने टोली तेश्रो हुनेछ । यदि देउरालीको पक्षमा खेल गएमा रेडहर्ष र ओएसिस बिचको बिजेता नै लिग लिडर हुनेछ ।

देउरालीको लागि जीत तेश्रो स्थान सुरक्षित गर्नका लागि हुनेछ । पराजय भएको खण्डमा त्रिवेणी तेश्रो र देउराली चौथो हुनेछ । त्यसैगरी अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । जसबीरे पराजित भएको खण्डमा समेत गोल अन्तरको आधारमा छैटौ स्थानमा रहनेछ । हालसम्म हेलिबोथ विब्ल्याटे जीत विहिन अवस्थामा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार