इलाम : इलाम जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत चौथो चरणको खेलमा देउराली स्र्पोटिङ क्लब र हेल्लो जसबीरे क्लब बिजयी भएका छन् । प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा हेलिबोथ क्लबमाथि ७–१ गोल अन्तरको जीत निकाल्दै देउरालीले महत्वपुर्ण ३ अंक बटुल्यो । देउरालीको जीतमा सुमन धमलाले ४ गोल गरे । प्रविन राई, यज्ञराज सुनुवार र कप्तान किरण राईको नाममा १÷१ गोल रहयो ।
हेलिबोथका पेम्बा गुरुङले सान्तवाना गोल फर्काए । खेलको दोश्रो मिनेटमा नै सुमनले देउरालीलाई अग्रता दिलाए । ९ मिनेटमा प्रविनले अग्रता दोब्बर बनाए । १५ औ मिनेटमा हेलिबोथका पेम्बाले गोल गर्दै अग्रता कम पारे । तर आक्रमक खेल देखाएको देउरालीका लागि २४ र ४५ औ मिनेटमा सुमनले गोल गर्दै ह्रयाट्रिक पुरा गरे ।
२ मिनेट नवित्दै सुमनले व्यक्तिगत चौथो गोल गरे । ५० औ मिनेटमा यज्ञराज र ५५ औ मिनेटमा कप्तान किरणले गोल गरे । २ जीत र १ बराबरीसंगै ७ अंकका साथ देउराली दोश्रो स्थानमा छ । जीतविहिन बनेको हेलिवोथ अंक तालिकाको सातौ स्थानमा रहँदै रेलिगेसन जोनमा रहेको छ । दोश्रो खेलमा हेल्लो जसबीरेले माईभ्याली क्लबमाथि १–० गोल अन्तरको जीत निकाल्यो ।
जसबीरेलाई ३ अंक दिलाउन ३४ औ मिनेटमा केशव मुखियाले निर्णायक गोल गरे । जीतसंगै जसबीरेले पहिलो पटक अंक बटुल्यो । पराजयसंगै ७ अंकको साथ माईभ्याली तेश्रो स्थानमा छ । देउरालीसंग अंक बराबरी भएपनि गोल अन्तरको आधारमा माईभ्याली तेश्रो स्थानमा रहेको हो । शतप्रतिशत जीतका साथ क्लब ओसिस ९ अंकको साथ पहिलो स्थानमा छ । पहिलो जीतका बाबजुद पनि ३ अंकको साथ जसबीरे रेलिगेसन जोनमा रहेको छ ।
रेडहर्षसंग समान अंक भएपनि गोल अन्तरको आधारमा जसबीरे रेलिगेसन जोनमा परेको हो । अन्तिम खेलमा रेडहर्ष इलाम र त्रिवेणी युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । जारी लिगमा रेडहर्षको तेश्रो बराबरी हो । ४ अंक बटुलेको त्रिवेणी चौथो स्थानमा यथावत छ ।
३ अंकको साथ रेडहर्ष पाँचौ स्थानमा छ । पाँचौ चरणको खेलमा आइतबार हेलिबोथ र रेहडर्ष भिड्दैछन् । दोश्रो खेलमा क्लब ओसिस र त्रिवेणी तथा देउराली र जसबीरे भिड्दैछन् । लिग आगामी २७ गतेसम्म संचालन हुनेछ ।सच्याइएको : जसबीरे बिजयी हुनुपर्नेमा अन्यथा भएकाले