Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बालबालिकासँग विराटनगर सिटी एफसी

बालबालिकासँग विराटनगर सिटी एफसी

  • नमीन ढकाल
  • शुक्रबार, पौस २३ २०७८


बालबालिकासँग विराटनगर सिटी एफसी

फिक्कल ।  नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब बिराटनगर सिटी एफसी फुटबल प्रर्वद्धनलाई प्रदेश नं १ का विभिन्न जिल्ला दौडाहमा छ । कार्यकारी अधिकृत सुभाशिस कोइरालाको नेतृत्वमा १४ वटै जिल्लाका ग्रासरुट र फुटबल प्रर्वद्धनका लागि नेपाल सुपर लिगको क्लब बिराटनगर दौडाहमा लागेको हो ।

क्लबले आज इलामको सूर्योदय नगरपालिका–९ मा रहेको मिलियन फ्रेन्डस क्ल्बसंग जोडिएका बालबालिका र उर्गेन छोलिङ गुम्बाको पाठशालामा अध्ययनरत बालबालिकाहरुलाई जर्सी र खेलकुद सामाग्रीहरु प्रदान गरेको छ । क्लबको मैदानमा आयोजित कार्यक्रममा आफ्नो नाम अंकित जर्सी लगाउन पाउँदा बालबालिकाहरु उत्साहित देखिन्थे ।

राष्ट्रिय स्तरको क्लबका पदाधिकारी गाउँटोलमा आएर ग्रासरुटका खेलाडीहरुसंगको अन्तरक्रियाले फुटबलमा लाग्न प्रेरणा मिलेको पुर्व फुटबलर सोनाम योल्मोले बताए ।  हालसम्म विभिन्न ८ जिल्लाका क्लब र फुटबलसंग जोडिएका ग्रासरुटका बालबालिहरुलाई भेटेर जर्सी उपहार तथा फुटबल सम्बन्धी संस्थाहरुसंग अन्तरक्रिया गरेको कोइरालाले बताए ।

उनका अनुसार ग्रासरुट क्षेत्रमा लगानी अभावका कारण फुटबल प्रर्वद्धन हुन सकेको छैन् । स्थानीय स्तरका क्लबहरुसंग सहकार्य गरेर खेलाडी पहिचान समेत गरिने उनले बताए । प्रदेशका सवै जिल्लाका पुगेर कम्तीमा एउटा क्षेत्रका बालबालिकाहरुसंग फुटबल सम्बन्धी प्रर्वद्धनका कार्यक्रम गरिने उनले बताए । क्लबले फुटबल, जर्सी र अन्य सामाग्रीहरु समेत वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार