इलाम । इलाममा बुधबारबाट एन्फा जिल्ला स्तरिय ए डिभिजन लिगमा सुरु भएको छ । प्रतियोगिताको पोल बी अन्र्तगत आज ३ वटा खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो खेलमा माईभ्याली फुटबल क्लब र रेडहर्ष फुटबल क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
त्यसैगरी दोश्रो खेलमा देउराली स्र्पोटिङ क्लबले हेल्लो जसबीरे फुटबल क्ल्बलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । तेश्रो खेलमा क्लब ओएसीसले हेलिबोथ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्न सफल रहयो । जिल्ला फुटबल संघको आयोजना भएको लिगलाई माई खोलाको आधारमा बाडिएको छ । माई खोला पुर्वका टोलीलाई ए पोल र माई पश्चिमका टोलीलाई बी पोलमा राखिएको छ ।
दुवै पोलका खेलहरु छुट्टाछुट्टै मैदानमा हुनेछन् । ए पोलमा ६ र बी पोलमा ७ टोली रहेका छन् । पोल ए मा निहारिका पार्टनर स्र्पोटिङ क्लब केराबारी, मिलियन फ्रेन्डस क्लब (एमएफसी) पान्दाम, दिपेन्द्र शिखर हर्कटे, पुर्व क्षितिज क्लब कट्टेबुङ, माने क्याम्प कर्नर (एमसीसी) र फ्रेन्डसिप क्लब गोदकले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी पोल बी मा रेडहर्ष फुटबल क्लब इलाम, हेल्लो जसबीरे, हेलिबोथ एफसी बिब्ल्याटे, क्लब ओएसीस इलाम, देउराली स्र्पोटिङ क्लब सन्दकपुर, माईभ्याली एफसी इलाम र त्रिवेणी युथ क्लब मंगलबारे रहेका छन् । उनीहरुले सिंगल राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
दुवै पोलबाट उत्कृष्ट हुने २/२ टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् । च्याम्पियन टोलीले नगद २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताबाट फुटबल संघमा आवद्ध १३ टोलीहरुको ग्रेडिङ समेत हुनेछ । प्रतियोगितामा सहभागिता जनाएका १३ मध्ये अन्तिम स्थानमा रहने २ टोली रेलिगेसनमा पर्नेछन् ।
‘ माई पुर्वको खेलमा छैटौ स्थानमा रहने टोली र माई पश्चिममा सातौ स्थानमा रहने टोली रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछ ।’ जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले भने ‘ उनीहरुको स्थानमा नकाउट प्रतियोगिताबाट २ टोलीलाई ए डिभिजनमा बढुवा गरिने छ ।’
श्रेष्ठका अनुसार बढुवा हुने २ टोलीले आगामी अधिवेशनमा मतदान गर्ने अधिकार भने पाउने छैनन् । ती २ टोलीले कम्तीमा २ पटक जिल्ला लिग खेलेपछि मताधिकार प्रयोग गर्ने पाउने जनाइएको छ । जिल्ला लिग सम्पन्न गर्न एन्फाले ५ लाख रुपैया जिल्ला फुटबल संघलाई उपलब्ध गराएको छ ।
एन्फाबाट प्राप्त रकमले मात्र लिग सम्पन्न गर्न कठिनाई भएपछि फुटबल संघले स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुबाट आर्थिक सहयोग लिएर प्रतियोगिता सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
