Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

तमु ल्होसार गोल्डकपको उपाधि देउरालीलाई

तमु ल्होसार गोल्डकपको उपाधि देउरालीलाई

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १५ २०७८


तमु ल्होसार गोल्डकपको उपाधि देउरालीलाई

सन्दकपुर । इलामको सन्दकपुरमा आयोजित प्रथम तमु ल्होसार गोल्डकपको उपाधि देउराली स्र्पोटिङ क्लबले जितेको छ । सन्दकपुर–१ को बाल ज्योती आधारभुत विद्यालयको खेलमा आयोजित प्रतियोगिताको फाइनलमा हेलिबोध फुटबल क्लब बिब्ल्याटेलाई २–१ गोल अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो ।

उपाधिसंगै देउरालीले नगद ५० हजार रुपैया प्राप्त गरेको छ । उपविजेता बनेको हेलिबोधले २५ हजार रुपैया प्राप्त ग¥यो । कर्म छोलिङ्ग बौद्ध गुम्बाको आयोजना भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी हेलिबोधका पेम्बा गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षक नमोबुद्ध फुटबल क्लबका पुजन गुरुङ, उत्कृष्ट मिडफिल्डर दिपेश तामाङ, सर्वाधिक गोलकर्ता पुवामझुवा फुटबल क्लबका लक्ष्मण राई र उत्कृष्ट डिफेन्डर नमोबुद्धका पुजन गुरुङ घोषित भए ।

उनीहरुले नगद १ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता गत पुष १० गतेबाट संचालन भएको थियो । विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष उदय बहादुर राईले खेल क्षेत्रलाई सन्दकपुरले उच्च प्राथमिकतामा राखेको बताए । उनले खेलकुदको प्रर्वद्धनका लागि गाउँपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताए ।

उनले खेलकुदको माध्यमबाट समेत सन्दकपुरलाई चिनाउन खेलाडीहरुको योगदानलाई गाउँपालिको कदर गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार