इलाम । आसन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा कांग्रेका तर्फबाट उम्मेद्वार रहेका खगेन्द्र अधिकारीले जसरी पनि केपी ओलीलाई हराएरै छोड्ने दावी गरेका छन् । उनले भने बिगत लामो समय देखि एउटै व्यक्तिलाई जिताएर विकास हुन नसकेको भन्दै यो पटक जसरी पनि जित्ने दावी गरेका छन् ।
नेपाल महिला संघ क्षेत्रीय समितिले आइतबार दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवार अधिकारीले यस क्षेत्रमा मधेसी समुदायको पनि ठुलो संख्या रहेको भन्दै आधि मधेस र मधेसीलाई अधिकार दिन नचाहने एमाले र त्यसको नेतृत्व केपी ओलीलाई मधेसी समुदायले आफ्नो प्रतिनिधि चुन्नै नसक्ने उनलेले बताए ।
उनले भने लेखेर राख्नुस १ मतले भए पनि ओलीलाई पराजित गरेर देखाउँछु । आफ्नो अधिकारको लागि लड्दा शहिद भएको मधेसी समुदायलाई रुखबाट दुईचार वटा आँप झर्दैमा केहि फरक नपर्ने प्रतिक्रिया दिने एमाले अध्यक्ष ओली जनताको असली अभिभावक हुन नसक्ने उनले सुनाए । त्यसैगरी आफ्ना पुर्खाहरुको चिहान खनेर रंगशाला बनाउन सहयोग गर्ने आदिवासी जनजातीको पहिचान नामेट गर्न खोज्ने ओली आदिवासी जनजाती समुदायको पनि प्रतिनिधि हुन नसक्ने भन्दै सबै समुदायको मतले आफ्नो जित निश्चित रहेको अधिकारीले दाबी गरे।