Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मौसम प्रतिकुल बनेपछि मेयर कपको खेल स्थगित

मौसम प्रतिकुल बनेपछि मेयर कपको खेल स्थगित

  • लोकल सन्देश
  • बुधबार, पौस १४ २०७८


मौसम प्रतिकुल बनेपछि मेयर कपको खेल स्थगित

फिक्कल । मौसम प्रतिकुल बनेपछि सूर्योदय नगरपालिकाका आयोजित प्रथम वडा स्तरिय मेयर कपको आजको खेल स्थगित भएको छ । अविरल बर्षा र हिमपातका कारण खेल स्थगित गर्नुपरेको नगर खेलकुद विकास समितिले सुचना जारी गर्दै जनाएको छ । आज वडा नं १० र वडा नं ४ तथा वडा नं १ र ९ बिच खेल हुने तय भएको थियो ।

नगर खेलकुद विकास समितिको आयोजनामा सूर्योदय ९ स्थित एमएफसी खेल मैदानमा जारी प्रतियोगिताको आजको खेल बैठक बसेर मिति तय गरिने नगर खेलकुद प्रशिक्षक प्रदिप सैजुले जानकारी दिए । प्रतियोगिता अन्र्तगत हिजो सम्पन्न खेलमा वडा नं ११ र वडा नं १२ बिजयी भएका छन् । पहिलो खेलमा वडा नं ११ ले वडा नं वडा नं ३ लाई १–० ले पराजित गर्न सफल रहयो ।

बिजेता टिमको लागि ४५ औ मिनेटमा शेखर राईले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा वडा नं १२ ले वडा नं २ लाई ३–१ ले हरायो । खेलमा अग्रता वडा नं २ ले लिएको थियो । खेलको १२ औ मिनेटमा सरोज राईले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन नसक्दा खेल वडा नं ११ ले आफ्नो पक्षमा पार्न सफल रहयो ।

बिजेता टिमको लागि खेलको सुनिल राईले खेलको ४४ औ, पुजन राईले ५३ औ र सुशिल राईले ५७ औ मिनेटमा गोल गरे । प्रतियोगितामा नगरका १४ वटा वडाको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार