Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई अध्यक्ष कप : उपाधिको लागि माई नगरपालिका र मानेभञ्ज्याङ भिड्ने

माईजोगमाई अध्यक्ष कप : उपाधिको लागि माई नगरपालिका र मानेभञ्ज्याङ भिड्ने

  • राेशन काफ्ले
  • शुक्रबार, मंसिर २४ २०७८


माईजोगमाई अध्यक्ष कप : उपाधिको लागि माई नगरपालिका र मानेभञ्ज्याङ भिड्ने

नयाँबजार (इलाम) । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ । आज सम्पन्न सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् ।

सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो सेमीफाइनल खेलमा सुखानीको जीतको लागि दोश्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भए ।

मानेभञ्ज्याङको जीतका खेलको २० औ मिनेट र इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच सुराग घोषित भए । माईजोगमाई गाउँपालिका–१ नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । विधागत रुपमा समेत खेलाडीहरुले पुरस्कार पाउने छन् । फाइनल खेल भोली (शनिबार) हुनेछ ।

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो ।

https://www.facebook.com/149097382298489/posts/1086455201896031/

https://www.facebook.com/Localsandesh/posts/1086311728577045

प्रतिक्रिया
सम्बन्धित समाचार