Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगरलाई

अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगरलाई

  • केशव चापागाईं
  • बिहिबार, मंसिर २३ २०७८


अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगरलाई

मदरगाछ । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेटको उपाधि मेचीनगर नगरपालिकाले जितेकाे छ । झापा गाउँपालिकालाई ९२ रनले पराजित गर्दै मेचीनगरले उपाधि जितेको हाे ।
टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो। मेचीनगरको तर्फबाट विशाल याेगफल तयार पार्न क्षितिज पाेर्तेलले शतकिय पारी खेले । ६५ बल सामना गर्दै उनले १०२ रन बनाए । सुरज केसीले २७ बलमा ४० रन र राजु बिश्वकर्माले ४ बलमा ११ रन जोडे।
झापाको बलिङ तर्फ प्रदिप कुमारले ३ विकेट लिए ।
सज्जाद आलम र अंकित दासले समान २/२ विकेट लिए। २०१ रनको विजयी लक्ष्य पछ्याएको झापाले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाई १०८ रन मा समेटियाे ।
त्यस्तै दोस्रो इनिंगमा झापाको व्याटिङमा दुखिया राजंबंशीले २८ रन,सज्जाद आलमले १५ रन बनाए भने अरु व्याट्समेनहरुले दर्बिलो अंक जोड्न सकेनन। बलिङ तर्फ मेचीनगरका प्रेम सिंहले ३ विकेट, राजु विश्वकर्माले २ विकेट, राज थापा र सन्दिप ढुङ्गानाले १/१ विकेट लिए ।
विजेता बनेको मेचीनगरले ४० हजार नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र पाएको छ। त्यस्तै उपविजेता टिम झापाले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्याे । खेलमा म्यान अफ द म्याच,वेस्ट व्याट्समेन र म्यान अफ द सिरिज मेचीनगरका क्षितिज पोर्तेल घोषित भए।
त्यस्तै प्रतियोगितामा वेस्ट वलर बाह्रदशीका अल्मास आलम,वेस्ट विकेट किपर झापाका संजय पौडेल र फेयर प्ले अवार्ड सगरमाथा युथ क्लब घोषित भयो।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा जारी प्रतियोगिताको समापन कार्यक्रममा क्लबका अध्यक्ष रोहित कर्णको अध्यक्षता र वडा नं-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । समाजसेवीहरु सखिचन्द्र ठाकुर,तेज श्रेष्ठ,रोहित पोद्धार,बालकृष्ण सिटौला लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार