Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

निर्भाना सेमिफाइनल प्रवेश

निर्भाना सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २२ २०७८


निर्भाना सेमिफाइनल प्रवेश

फिक्कल । इलामको सूर्योदय नगरपालिका-९ रम्फोक स्थित चन्द्र खेल मैदानमा जारी समृद्धि नकआउट फुटबल प्रतियोगितमा निर्भाना फुटबल क्लब फिक्कल सेमिफाइनल प्रवेश गरेकाे छ
आज सम्पन्न खेलमा अनुग्रह फुटबल क्लबलाई ४-१ गोल अन्तरले हराउदै  निर्भाना सेमिफाईनल मा प्रबेश गरेको हो  ।
खेलको १० औ मिनेटमा निर्भानाका प्रज्वल राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए    टिकाराम मगरले खेलको २५ औ मिनेटमा  गोल गर्दै  बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा बराबरी भएको खेलमा निर्भानाका नयन प्रधानले ह्याट्रिक गरे उनले ४२,४५ र  ६७ औ मिनेटमा गाेल गरेपछि निर्भाना ४-१ गोल अन्तरले जित निकाल्न सफल भएको हो ।
भोली (बिहीबार ) अन्तिम क्वाटरफाइनलमा न्यु भिजन  एफ सी र युनाईटेड एफ सी बिच हुने छ। भोली न‌ै ४० बर्ष माथिका खेलाडी मैत्रीपुर्ण खेल पनि हुनेछ
प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताका व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाइनल मंसिर २८ गते हुनेछ । आगामी मसिंर २६ गते बिभिन्न कलाकारको साथमा लेखु विवस उपचार सहयोगार्थ च्यारेटी सो पनि हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार