विर्तामोड – विवेकशील साझा पार्टीले झापामा शहरसँगै राजनीतिक सरसफाई शुरु गरेको छ । विवेकशील साझा पार्टीले झापा क्षेत्र नम्बर–२ अन्र्तगतको बिर्तामोडमा सरसफाई कार्यक्रम गरेको हो । ७६औं हप्ताको सरसफाई कार्यक्रममा झापा बिर्तामोडका सयौं नागरिकले सहभागिता जनाएका छन् ।
विवेकशील साझा पार्टीका नेता चित्राङ्गद तिम्सिनाका अनुसार बिर्तामोड सरसफाई अभियानले ७६औं साता पूरा गरेको छ । ‘सरसफाई अभियानमा युवाहरुको उत्साहजनक उपस्थितिले हामीलाई हौसला प्रदान गरिरहेको छ ।’
त्यसैगरी, भूतपूर्व विद्यार्थी संगठन लालझोडाको आयोजना तथा रेडक्रस झापाको प्राविधिक सहयोग रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
झापा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यतर्फका उम्मेदवार डा. नवीन बाँस्तोला र प्रदेश सभा ‘क’का उम्मेदवार चित्राङ्गद तिम्सिनाले रक्तदान गरी कार्यक्रममो उद्घाटन गरेका थिए । क्षेत्र नम्बर १ को ‘ख’बाट विष्णुप्रसाद आचार्यले विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन् ।
विवेकशील साझाले बिर्तामोडमा घरदैलो कार्यक्रम पनि गरिरहेको छ । प्रदेश सभातर्फ बिर्तामोड–१ देखि ९ सम्म तथा कनकाई नगरपालिका ८ र ९ ‘क’ र बुद्धशान्ति र अर्जुनधारा ‘ख’ निर्वाचन क्षेत्र हुन ्।