Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा नेपाल चेम्बर अफ कमर्स गठन

सूर्योदय नगरपालिकामा नेपाल चेम्बर अफ कमर्स गठन

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १८ २०७८


सूर्योदय नगरपालिकामा नेपाल चेम्बर अफ कमर्स गठन

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । पाल्टांङ्गे स्थित होटल इस्टन ब्लुमा सम्पन्न भेलाले अध्यक्षमा उत्तमकुमार श्रेष्ठलाई अध्यक्ष चुनेको छ । सूर्योदय टी प्रोड्युसर्स एसोशिएसनका अध्यक्ष समेत रहेका श्रेष्ठको समितिको उपाध्यक्षमा पुनम राई सचिव गोपाल कट्टेल सह–सचिव सुजन ढुङ्गेल र कोषाध्यक्षमा मनिसा प्रधान रहेका छन् ।

सदस्यहरुमा ज्ञानु लिम्बु, पूनम गुरुङ, पवन गट्टानी, विनु यल्मो, अभिनन्द गिरी र डिल्लीराम श्रेष्ठ रहेका छन् । नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ,केन्द्रिय सदस्य सन्तोष पान्डे,राजेन्द्र ढकाल,नेपाल चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओम विमली लगायतको आतिथ्यता रहेको थियो ।

पत्रकार सन्तोष अग्रवालले संचालन गरेका थिए । कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष श्रेष्ठले कृषि र उद्योगको प्रवर्धन गर्न यस संस्थामा आवद्ध भएको बताएका छन् । श्रेष्ठले चिया लगायतका कृषिजन्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्नेमा विश्वास ब्यक्त गरेका छन् । उनले आफ्नो कार्यकाल उपलब्धिमुलक बनाउने प्रतिवद्धता जाहेर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार