नयाँबजार । प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने अन्तर्राष्ट्रिय मुल नारा सहित ३० औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज माईजोगमाई गाउँपालिकामा पनि विविध कार्यक्रम गरि मनाइएको छ । गाउँपालिका कार्यालयबाट र्याली लिएर बजार परिक्रमा गरेर पुनः कार्यालयको प्राङ्गणमा आएर आएर कोण सभा गरिएको थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोका कपडा तथा ब्ल्याङकेट वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितबहादुर राई, विशेष अतिथि उपाध्यक्ष सावित्रादेवी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत भाग्वत प्रसाद रेग्मी र अपाङ्गता समन्वय समिति माईजोगमाईका अध्यक्ष याम सुवेदीले न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

अपाङ्गता समन्वय समिति तथा माईजोगमाई गाउँपालिकाको समुदायमा आधारित पुर्स्थापना कार्यक्रम अन्तरगत दिवस मनाइएको हो ।



तस्बिर : राेशन काफ्ले