देउमाइ । इलामको देउमाइ नगरपालिकामा आगामी मंसिर २१ गतेको निर्वाचनको लागी मतदाता शिक्षा समन्वय समिती गठन गरिएको छ । नगरप्रमुख सुर्य पोखरेलको संयोजकत्वमा देउमाइ क्षेत्रका राजनितिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी एवम महिला प्रतिनिधी रहेको १२ सदस्यीय समिती गठन गरिएको हो ।
समितीको सदस्यमा नेपाली काँग्रेसका देवकुमार केसी, नेकपा एमालेका भिमलाल खनाल, माओवादी केन्द्रका सोनाम राई, राप्रपाका प्रतापसिँह चापागाँई, सघिय समाजवादी फोरमका दिर्घराज रैका मगर सदस्य रहेका छन त्यस्तै अन्य सदस्यहरुमा नयाँ शक्तिका प्रेमकुमार राई, उद्योग वाणिज्य संघ मंगलबारेका मात्रिका प्रसाद घिमिरे, त्रिवेणी युथ क्लबका विक्रम श्रेष्ठ, महिला प्रतिनिधी मुना देवी श्रेष्ठ रहेका छन ।
नगरपालिकाका कार्यकारी अघिकृत प्रेमप्रसाद दाहाल सदस्य सचिव रहेका छन । समितीले देउमाइ क्षेत्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताहरुले गरेको क्रियाकलापको अनुगमन गर्नेछ ।