Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

रोङलाई पहिलो हाफमा ५ गोलको अग्रता

रोङलाई पहिलो हाफमा ५ गोलको अग्रता

  • नमीन ढकाल
  • मंगलबार, कार्तिक ९ २०७८


रोङलाई पहिलो हाफमा ५ गोलको अग्रता

फिक्कल । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले ५–० को अग्रता बनाएको छ । हुम्लाको सिमिकोट गाउँपालिकासंग प्रतिस्पर्धामा रोङले पहिलाे हाफमा ५ गोलको अग्रता बनाएको हो । एन्फा कम्प्लेक्समा जारी प्रतियोगितामा रोङका लागि इन्दिरा राईले ह्याट्रिक गरिन् ।

उनले खेलकाे २०,३० र ४२ मिनेटमा गाेल गरिन् । अनिशा राई र दिपा राईले समान १ /१ गाेल गरे।  खेलको ९ औ मिनेटमा रोङले सुरुवाती अग्रता बनाएको थियो । अनिता राईको प्रहार बारमा लागेर फर्किएर आएपछि अनिसा राईले पहिलो गोल गरिन् । २० औ मिनेटमा इन्दिरा राईले अग्रता दोब्बर बनाइन् । बिमला बिकको पासमा इन्दिराले गोल गरेकी हुन् ।

पुन: ३० औ मिनेटमा इन्दिराले व्यक्तिगत दोश्रो गोल गर्दा रोङले ३ गोलको अग्रता बनाएको हो । कप्तान अनिता राईको पासमा इन्दिराले जाली चुमाइन् ।   ४२ औ मिनेटमा इन्दिराले ह्रयाटिक पुरा गरिन् । दिपा राईको पासमा डिबक्सभित्रमा गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो ।

इन्जुरी समयमा सिमिकोटको डिफेन्डरको गल्तीको फाइदा उठाउदै दिपाले गोल गर्दा रोङले पहिलाे हाफमा ५–० को अग्रता बनायो । जारी प्रतियोगितामा रोङको समुह चरणको अन्तिम खेल हो । यसअघि काठमाण्डौसंग गोल रहित बराबरी खेल्दै रोङले अंक बाडेको थियो ।

सिमिकोटको जारी प्रतियोगिताको पहिलो खेल हो । यसअघि गत ५ गते काठमाण्डौसँग प्रतिस्पर्धा गर्ने तय भएपनि प्राविधिक कारणले खेल ११ गते सारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार