मंगलबारे : इलामको देउमाई नगरपालिका ५ का एक युवाले गएराती पत्नी र छोरीको हत्या गरेका छन् । ३४ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले ३५ वर्षीया पत्नी सीता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङ हत्या गरेका हुन् । साथै घरमा पालेको कुकरको समेत हत्या गरेका छन् ।
पूर्णचन्द्रलाई प्रहरीले पक्राउ गरेको बुझिइएको छ । घटनाको सम्बन्धमा पूर्ण विवरण आउन बाँकी छ । इलाका प्रहरी कार्यालय मंगलबारे र जिल्ला प्रहरी कार्यालय इलामको टोली घटनास्थलमा पुगेर मुचुल्का संकलन गर्दै गरेको प्रहरी निरिक्षक डिल्लीबहादुर थापाले जानकारी दिए ।