माई । नेकपा एमाले माई नगरपालिका प्रथम वडा अधिवेशनबाट नेतृत्व चयन भएको छ । कार्तिक–६ गते शुरु भएको अधिबेशनमा सर्बसम्मत नेतृत्व चयन भई रहेको छ। बडामा १ अध्यक्ष,१ उपाध्यक्ष, १सचिब र २ उपसचिव सहित ३१ सदस्यीय नेतृत्व रहने ब्यवस्था बमोजिम माई–१ मा अध्यक्ष अर्जुन राई चयन भएका छन् ।
त्यस्तै माई–२ मा अध्यक्ष उर्द बहादुर राई, उपाध्यक्ष हरिमाया गौतम, सचिव राजेन्द्र निरौला, सहसचिवमा मुना देबि तामाङ र दिपक लिम्बु रहेका छन् । माई–३ मा अध्यक्ष राजेश चौहान, उपाध्यक्ष रेशमा राई, सचिव लाल बहादुर श्रेष्ठ , उपसचिवमा अमृता मगर र सुमन राई चयन भएका छन्।
त्यस्तै माई–४ मा सचिब बिकास बास्तोला निर्बिरोध चयन हुनुभएको छ भने अध्यक्षका ३ आकांक्षी टेक बहादुर मगर, प्रेम दुलाल र जीत बहादुर केरुङको दाबेदारी परेपछी सहमतिका लागि आईतबार बिहान सम्मलाई अधिबेशन स्थगित गरिएको छ।
माई–५ मा अध्यक्ष कृष्ण श्रेष्ठ सहित सबै पदमा सर्बसम्मत भएको छ। माई–६ मा अध्यक्ष जीत बहादुर बुढाथोकी,उपाध्यक्ष युग बहादुर थेगिम, सचिब राजन शेर्मा, सहसचिव बुद्ध राज योङहाङ र दिल बहादुर कुरुङबाङ्ग लगायत चयन भएका छन् ।
त्यस्तै माई –७ मा अध्यक्ष देउ बहादुर लिम्बु, माई –८ मा अमृत मोक्तान, माई–९ मा महेन्द्र लावती र माई१० मा गणेश राईको नेतृत्वमा सर्बसम्मत वडा कमिटी चयन भएको छ।