Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङको पहिलो खेल काठमाण्डौसँग

रोङको पहिलो खेल काठमाण्डौसँग

  • नमीन ढकाल
  • सोमबार, असोज २५ २०७८


रोङको पहिलो खेल काठमाण्डौसँग

फिक्कल । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा रोङ गाउँपालिकाले काठमाण्डौ महानगरपालिकासंग पहिलो खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघको आयोजनामा आगामी कार्तिक ४ गतेबाट १० गतेसम्म हुने प्रतियोगितामा ग्रुप इ मा रहेको रोङले कार्तिक ७ गते काठमाण्डौसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो समुहमा रहेको हुम्लाको सिमिकोट गाउँपालिकासंग आगामी कार्तिक ९ गते प्रतिस्पर्धा गर्नेछ । अहिले खेलाडीहरु क्लोज क्याम्पमा रहेको प्रशिक्षण गरिरहेका छन् । प्रतियोगितामा कुल ३१ पालिकाको सहभागिता रहेको छ । छनौट प्रतियोगिताबाट २ वटा टिमले राष्ट्रिय महिला लिग खेल्नेछ ।

एन्फाले राष्ट्रिय लिगमा यसअघि तीन विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लब) र मोफसलका वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहटलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको हो ।

गत वर्ष राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढी नगरपालिका उदयपुरले भने यसपटक सहभागी भए छनोट खेल खेल्नुपर्ने हुन्छ । चौदण्डीगढी गत लिगमा १२ खेल खेल्दा अंकविहीन भएको थियो । चौदण्डीगढीले महिला लिगमा चार गोल गर्दा १०६ गोल ब्यहोरेको थियो ।

एउटा टिमले ४ जनासम्म विभागीय खेलाडीलाई समेत अनुबन्ध गरेर सहभागि हुन पाउने एन्फाले नियम बनाएपछि अहिले गाउँपालिकाले केही खेलाडीहरु टिममा भित्र्याउने प्रक्रिया अघि बढाएको छ ।प्रतियोगिता नियमावलीको परिच्क्षेद नम्बर २ को नियम (६) अन्तर्गत खेलाडी दर्ताको ५ नम्बर बुँदामा भनिएको छ, ‘टिमहरूले यस प्रतियोगितामा बढीमा चारजनासम्म विभागका खेलाडीहरू दर्ता गराई खेलाउन पाउने छन् । उक्त खेलाडीहरू दर्ता गर्दा विभागसँग आवश्यक स्वीकृति लिई खेलाडीसँग करार भएको हुनुपर्नेछ र सो कागजातहरू दर्ता फारामसँगै पेस गर्नुपर्नेछ ।’

यस्तै, नियमावलीमा छनोट भएका दुई टिमका खेलाडीले राष्ट्रिय लिगमा सोही क्लबबाट खेल्नुपर्ने र विभागबाट आएका खेलाडीको हकमा भने विभागीय खेलाडी क्लबमा फर्कन पाउने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार