Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता

माई नगरपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १९ २०७८


माई नगरपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता

माई । इलामको माई नगरपालिका– १० मा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। बिजया दशमी तथा दिपावलीको अवसरमा लुम्बक खेलकुद बिकास समितिले तीन दिवसीय प्रतियोगिता आयोजना गरेको हो।

माई नगरपालिका १० लुम्बक स्थित हिमालय माबिको खेल मैदानमा असोज २४ गतेदेखि २६ गतेसम्म हुने समितिका सचिब सन्दिप बस्नेतले जानकारी दिए । खेल एनभीएको नियम अनुसार सञ्चालन गर्ने जिल्ला भलिबल संघका उपाध्यक्ष राजकुमार खातिले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार ट्रफी र प्रमाणपत्र साथै दोस्रो हुने टिमलाई १५ हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार