इलाम । पूर्व सभामुख सुबासचन्द्र नेम्वाङले प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि देशमा विकास र सम्भावनाको ढोका खुल्ने बताए । लारूम्बाको माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले अहिलेको बाम गठबन्धनले यो निर्वाचनबाट दुई तिहाइ बहुमत पुर्याएर पाँचवर्षे स्थायी सरकार बनाउनेमा कसैले पनि शंका नगर्न आग्रह गरे ।
बाम गठबन्धनका तर्फबाट इलाम क्षेत्रनम्बर – २ को प्रतिनिधिसभा तर्फका उम्मेदवार समेत रहनुभएकान नेता नेम्वाङले काम चलाउ सरकारले सरकारको काम चलाउने मात्र काम गर्नुपर्ने बताए । उनले संविधानले जनतालाई दिएको अधिकार अब बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर त्यो बहुमतको सरकारले स्थापित गराउने बताए ।
माङसेबुङको चुनावी सभालाई इलाम क्षेत्र नम्बर २ काे ख बाट प्रदेशकाे बाम गठबन्धनका उमेद्धवार धिरेन सर्मा रमण , नेकपा एमालेका कार्यालय सचिव नवराज शंकर, दिपेन्द्र खनाल, माओवादी केन्द्रका जनमलगायतले सम्बोधन गरेका थिए ।