फिक्कल । जेष्ठ नागरिक दिवसको अवसरमा इलामको चुलाचुली गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा भएको शिविरलाई विर्ताज्योती आई केयर र लायन्स क्लब अफ कमलले सहयोग गरेका हुन् ।
शिविरमा गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकहरुको आँखा जाँच र स्क्रिनिङ गरिएको थियो वडा नं २ मा भएको शिविरमा १ सय ७७ जनाले सेवा लिएका छन् । शिविरमा आएकाहरु मध्ये ३७ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको चुलाचुली स्वास्थ्य शाखा प्रमुख दुष्यन्त दाहालले जानकारी दिए ।
