Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा माओवादीको प्रशिक्षण तथा कार्यालय उद्धघाटन

फाकफोकथुममा माओवादीको प्रशिक्षण तथा कार्यालय उद्धघाटन

  • लिला सुब्बा
  • आइतबार, असोज १० २०७८


फाकफोकथुममा माओवादीको प्रशिक्षण तथा कार्यालय उद्धघाटन

फाकफोकथुम । नेकपा–माओवादी केन्द्रले फाकफोकथुम गाउँपालिकाको प्रशिक्षण एवम पार्टी कार्यालय उद्धघाटन गरिएको छ । पार्टीका जिल्ला सहइन्र्चाज तथा प्रदेश कमिटि सदस्य कान्छा लावतीले वर्तमान समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पार्टीले भुमिका तथा एमसीसी बारेमा प्रशिक्षण दिएका थिए ।

फाकफोकथुम इन्चार्ज ओम गुरुङ (सौरभ)ले पार्टी गतिविधि तथा आगामी दिनमा फाकफोक थुममा अन्य पार्टीहरूसंग प्रतिस्पर्धा गर्नका लागि महत्वपूर्ण भूमिकाको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष एवम सचिवहरुले माथिल्लो तहका नेतृत्वले वडा कमिटीहरूलाई बेला बेलामा प्रशिक्षण तथा पार्टीलाई सकृयतामा बनाउन आर्थिक सहयोग गर्नु पर्ने धारणा राखे ।

आमचोकको सिंहदेवी माबिमा भएको कार्यक्रममा सहभागीहरुलाई लक्ष्मण घतानीले स्वागत गरेका थिए । प्रशिक्षण कार्यक्रमपछि आमचोकमा पार्टीको कार्यालय प्रमुख अतिथि लावतीले उद्धघाटन गरे । कार्यक्रममा सयौको संख्यामा माओवादीमा आस्था राख्ने कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार