Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

टर्की ब्यवसायबाट माई नगरपालिकाका राजुको मनग्गे आम्दानी

टर्की ब्यवसायबाट माई नगरपालिकाका राजुको मनग्गे आम्दानी

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ७ २०७८


टर्की ब्यवसायबाट माई नगरपालिकाका राजुको मनग्गे आम्दानी

इलाम । इलामको माई नगरपालिका वडा नम्बर –४ का राजु सिञ्जालीले टर्की ब्यवसाय सञ्चालन गरेर मनग्ये आम्दानी गर्न थालेका छन् । माई–४ को कट्टेलटारमा उनले अहिले दुई सय भन्दा बढी टर्कीलाई हुर्काइ सकेका छन् । बीएससी पढ्दै गरेका ३० वर्षीय सिञ्जालीले ब्यबसायमा हात हालेका हुन। उनको मेहनतलाई चौतर्फी प्रशंसा गरिएको छ।

सिञ्जाली भन्छन “सानो लगानीमा व्यवसाय शुरु गरिएको छ,तर सफलता राम्रै हुने देखिएको छ, यो लटको बिक्री गरिसक्दा ५/७ लाख हात पर्ला ।” उनीले गरेको ब्यबसाय देखाउदै स्थानीय नारायण आचार्य भन्छन, ‘मेहनत गरे के नहुने रहेछ।’ सिञ्जालीको फारममा पहिलो चोटि दुई सय टर्की चल्ला ल्याईएकोमा केही मरेको ,सुनाए । निराश नभई आफ्नो काममा लागि रहे। अहिले ब्यबसाय सफलता तिर लागेको छ।

टर्की मुल्य स्थानीय बजारमा ८ सय ५० देखि १ हजार सम्म रहेको बताईएको छ । एउटा टर्की ७ देखि १० केजी सम्म भएका छन् । बजारका लागि भने झापा पुर्याउनु पर्ने अबस्था रहेको सिञ्जालीले बताए । यता माई–४ कै सञ्जय दुलाल पनि कक्षा १२ को अध्ययन सकेर च्याउ खेतीमा लागेका छन। उनले पनि च्याउ उत्पादनमा मनग्गे आम्दानी गर्दै रहेका छन्।

दुलाल भन्छन “ युवालाई स्वरोजगार बनाउन सरकारले दिने भनेको सहायत पहुँच हुनेलाई मात्र रहेछ, हामी बिपन्न भएकालाई आश्वासन मात्र ” दुलालले ५ बर्षका लागि जग्गा लिजमा लिएर मनग्गे आम्दानी गर्दै रहेका छन्। उनको च्याउ व्यवसायकै आम्दानीबाट ५ जनाको घर व्यवहार चलाउदै आएका छन्। सिञ्जाली र दुलाल जस्तै माई नगरपालिकामा बिभिन्न ब्यवसाय सञ्चालन गर्ने युवा एक सय २० भन्दा बढी रहेका छन् तर उनीहरूले ब्यबसाय सञ्चालनमा भरपर्दो सहयोग कतैबाट नआएको गुनासो गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार