Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा मृत्यु

ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा मृत्यु

  • लोकल सन्देश
  • मंगलबार, असोज ५ २०७८

ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा मृत्यु

झापा । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर घाइते भएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको छ।
गम्भीर घाइते रोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनीहरूको सोमबार साँझ दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिए।

आगलागीमा परेर उनीहरूका छोरा पंकज खनाल पनि घाइते छन्। उनको स्वास्थ्य अवस्था भने सामान्य छ।
गत भदौ २६ गते उनीहरूको घरको भान्सामा ग्यास चुहिँदा आगलागी भएको थियो। खनाल दम्पतिको शरीर आगोले जलेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो। आगलागीबाट खनालको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार