Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

 इलामको दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते 

 इलामको दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते 

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १७ २०७४


 इलामको दुर्घटनामा मोटरसाइकल चालक गम्भिर घाइते 

इलाम । मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका ९ स्थित सेरामा यात्रु बस र मोटरसाइकल ठक्कर खाँदा एक गम्भिर घाइते भएका छन् ।

ताप्लेजुङ्गबाट काठमाडौँ जाँदै गरेको ना ६ क ५४५१ नम्बरको बस र गोलाखर्कबाट इलाम बजार जाँदै गरेको मे ७ प ५५३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक घाईते भएका हुन् ।

घाइते हुनेमा इलाम नगरपालिका ७ निवासी ४५ वर्षिय भिम बहादूर तामाङ्ग रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका रिद्धि खनालले बताउनुभयो । घाइते तामाङ्ग इलाम अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि झापाको बि एण्ड सी अस्पतालमा पठाइएको छ ।

घाइते  तामाङ्गको  टाउँकोमा चोट लागेको  प्रहरीले जनाएको छ ।  दुर्घटनामा पर्ने दुई सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको इलामका ट्राफिक प्रमुख पदम राईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार