इलाम । आगामी कार्तिक महिनादेखि शुरु हुन गईरहेको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा इलामको रोङ गाउँपालिकाकाले समेत सहभागिता जनाउने भएको छ । रौतहटमा हुने प्रतियोगितामा सहभागिता लागि अखिल नेपाल फुटबल संघलाई जानकारी गराइसकेको जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले बताए ।
रोङ गाउँपालिकाको तर्फबाट सहभागि हुने महिला खेलाडीहरुलाई आवश्यक फुटबल प्रशिक्षण गराएर टोली तयार पारिनेछ । खेलाडी छनौटको जिम्मा प्रशिक्षक दर्शन भक्तराजलाई जिम्मा दिइएको छ । खेलाडी छनौट सम्पन्न भएपछि क्लोज क्याम्पमा राखेर सिकाइनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी कार्तिक ४ गतेदेखि शुरु हुन गईरहेको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागिता लागि इच्छुक नगरपालिकाहरुलाई टिम दर्ता गर्न यसअघि नै सूचना प्रकाशित गरेर आह्वान गरिसकेको छ ।