Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

केपी ओलीविरुद्ध चुनाव लड्दैछन् त्रिचन्द्रका प्राध्यापक खगेन्द्र अधिकारी

केपी ओलीविरुद्ध चुनाव लड्दैछन् त्रिचन्द्रका प्राध्यापक खगेन्द्र अधिकारी

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक १६ २०७४


केपी ओलीविरुद्ध चुनाव लड्दैछन् त्रिचन्द्रका प्राध्यापक खगेन्द्र अधिकारी

काठमाडौं । झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा लड्ने भएपछि उनी बिरुद्ध डा। खगेन्द्र अधिकारी चुनावी मैदानमा होमिने भएका छन् ।
ओलीसँग नेपाली कांग्रेसका तर्फबाट डा। खगेन्द्र अधिकारी चुनावमा भिड्न तयार भएका हुन् ।
यसअघि काग्रेसले युवा नेता विश्वप्रकाश शर्मा  पूर्वसामान्य प्रशासन मन्त्री केशव बुढाथोकी , त्यसो त ०७० सालमा झापा क्षेत्र नं ६ बाट पराजित बनेकी रामकुमारी पौडेल लगायतलाई ओली बिरुद्ध उठाउने प्रयत्न गरेपनि कसैले रुचाएनन् ।
तर बुधवार डा अधिकारीलाई ओली बिरुद्ध चुनावी मैदानमा काग्रेसले उतारेको छ ।
त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका डा अधिकारीले टिकट पाएलगत्तै कलेजमा राजीनामा बुझाएर साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर झापा छिरेका छन् ।
विसं ३१ सालमा झापमा जन्मिएका ४३ वर्षीय डा अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन् ।

डा अधिकारीले कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि सुरु गरेका हुन् । उनी त्यसवेला झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष थिए ।
पछि ०५७ सालदेखि उनले प्राध्यापन पेशा सुरु गरे । उनी अहिले कांग्रेसको महासमिति सदस्य छन् । यसअघि उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य समेत बनेका थिए । प्राध्यापन पेशा छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले आफू हिजो सरकारको र आजदेखि जनताको नोकर भएको बताए । मनोनयन दर्ताका लागि बुधबार राति बिराटनगर पुगेका अधिकारीले भने,‘म पूर्ण आत्मविश्वासका साथ केपी ओलीसँग चुनाव लड्न गइरहेको छु, मलाई चुनाव जित्नेमा पूर्ण विश्वास छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार