Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकका लागि खुला भयो श्रीअन्तु

पर्यटकका लागि खुला भयो श्रीअन्तु

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २० २०७८


पर्यटकका लागि खुला भयो श्रीअन्तु

इलाम । कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ। श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए। अहिले कोरोनाको जोखिम कायमै रहेकाले अन्तुमा रहेका व्यवसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन्।

होटल तथा होमस्टेलाई दैनिक निसंक्रमण गर्ने, अन्तुमा आउने पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कुनै क्षेत्रमा कोरोनाको संक्रमण बढेमा सम्बन्धित क्षेत्र सिल गर्ने, होटल तथा होमस्टेमा थर्मल गन अनिवार्य गर्ने, मनोरञ्जनका लागि राति नौ बजेसम्म मात्रै बाजागाजा बजाउने उल्लेख छ।

नेपालमा कोरोनाको संक्रमण सुरु भएपछि अन्तुमा पर्यटक आवागमन ठप्प छ। गत वैशाख अघि केही समय अन्तु पर्यटकका लागि खुला गरिएको थियो। तर निषेधाज्ञा जारी भएपछि बन्द गरिएको थियो। अन्तुमा ३८ वटा होटल तथा कटेज र ६४ घरमा होमस्टे सञ्चालनमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार