नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा बन्द गरेको छ । कार्यालयका अधिकांश कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि ४ दिनका लागि सेवा बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले सुचना जारी गर्दै भदौ २० गतेबाट २४ गतेसम्म कार्यालयबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द गरिएको जानकारी दिए ।
माईजोगमाईमा हालसम्म २ सय ९३ जनामा संक्रणम देखिएको छ । जसमा २ सय ६६ जना संक्रणमुक्त र ६ जनाको मृत्यु भएको छ ।