इलाम । वाम गठबन्धनको तर्फबाट इलाममा उम्मेदवार टुङ्गो लागेको छ ।
गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा क्षेत्र नम्बर १ बाट एमालेका बरिष्ठ नेता झलनाथ खनाल क्षेत्र नम्बर २ बाट पूर्व सभामुख तथा एमाले नेता सुबासचन्द्र नेम्वाङ रहेका छन् ।
यसैगरि प्रदेश सभातर्फ
क्षेत्र नम्बर १ को १(क) मा एमालेकी नेतृ खिनु लङ्वा लिम्बु, क्षेत्र नम्बर १ को (ख) एमालेका काजीमान कागते रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को (क) मा एमालेका .रामबहादुर राना र क्षेत्र नम्बर २ को (ख) मा माओवादी केन्द्रका धिरेन शर्मा रमण रहका छन् ।