Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा भोलीबाट २१ गतेसम्म खोप लगाइदै

इलाममा भोलीबाट २१ गतेसम्म खोप लगाइदै

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १४ २०७८


इलाममा भोलीबाट २१ गतेसम्म खोप लगाइदै

इलाम । इलाममा मंगलबारबाट कोभिड विरुद्धको खोप संचालन हुने भएको छ । कोभिड खोप समन्वय तथा अनुगमन समितिको बैठकले खोप संचालनको बारेमा निर्णय गरेको हो । सोही अनुसार भदौ १५ गते देखि २१ गतेसम्म प्राथमिकताको आधारमा खोप संचालन गर्न लागिएको छ ।

भदौ १५ र १६ गते देउमाई नगरपालिका, माई नगरपालिका, माङ्सेबुङ, फाकफोकथुम र चुलाचुलीमा कोभिशिल्डको पहिला मात्रा लगाए ६५ बर्ष माथिको जेष्ठ नागरिकहरुलाई एस्ट्राजेनिका दिने तय भएको छ । त्यसैगरी भेरोसेलको प्रथम डोज लगाएकाहरुलाई मात्र खोप कार्डको आधारमा भदौ १९ र २० गते संचालन हुने तय भएको छ ।

विश्वविद्यालय तथा विभिन्न तहको परिक्षामा सामेल हुने विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा एस्ट्राजेनिक तथा भेरोसेल खोप भदौ १७ गते खोप लगाइने स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले जानकारी दिए । त्यसैगरी इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोमाई र सन्दकपुरमा कोभिशिल्डको पहिला मात्रा लगाए ६५ बर्ष माथिको जेष्ठ नागरिकहरुलाई एस्ट्राजेनिका खोप भदौ १६ र १७ गते लगाइने भएको छ ।

भेरोसेलको प्रथम डोज लगाएकाहरुलाई मात्र खोप कार्डको आधारमा भदौ १९ र २० गते संचालन हुने तय भएको छ । विश्वविद्यालय तथा विभिन्न तहको परिक्षामा सामेल हुने विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा एस्ट्राजेनिक तथा भेरोसेल खोप भदौ २१ गते खोप लगाइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार