इलाम । इलामको सदरमुकाममा २४ सै घण्टा खानेपानी आपूर्ती गर्ने गरि निर्माण शुरु भएको इलाम साना सहरी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २ वर्षमा सम्पन्न पर्नुपर्ने खानेपानी आयोजनाको म्याद ६ महिना थपिएपछि निर्माण पक्षले डेढ महिनामा खानेपानी संचालन गर्ने योजना बनाएको हो । इलाम सदरमुकाममा २४ सै घण्टा खानेपानी वितरण गरिने इलाम साना सहरी खानेपानी आयोजनाको निर्माणको काम ७५ प्रतिशत सकिएको छ । ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपैयाँमा ठेक्का संझौता भएको खानेपानी आयोजनाको मुख्य मुख्य संरचना निर्माणको काम सकिएको हो ।
२ वर्षमा सम्पन्न पर्नुपर्ने खानेपानी आयोजना कोरोना माहामारीका कारण ६ महिना निर्माणको म्याद थपिएको थियो । कोरोना माहामारीबाट आयोजनाको साइडमा काम रोक्दा केहि ढिलो भएपनि भुत्तानी नियमित भएकाले समयमै उपभोक्ताका धारामा पानी पु¥याउने निर्माण पक्षको योजना छ ।
सुरुमा मेवा र राते इन्टेक बनाउनुपर्ने थियो नयाँ दुवै बनाइसकिएको र प्रोटेक्सनको काम भएको छ आयोजनाका व्यवस्थापक मेघराज धिमालले भने–‘ ट्रान्समिसनको काम पजि अन्तिम चरणमा छ र अब ६ सय मिटर मात्रै बाँकी छ ।’
आयोजनाको पानी प्रशोधन केन्द्रको ३ सेट बनिसकेको छ । चारखादेमा पानी ट्रिटमेन्ट प्लान्ट छ । त्यसमा ४ वटा सेट होरिजेन्टल रफ क्लिनिक फिल्टर बनेको धिमालले बताए । उनले भने–‘फिल्टर मिडिया मात्र हाल्न बाँकी छ । सोर्स एन्ड फिल्टर एक्जिस्टिङ पुरानै थियो नयाँ प्रविधीको प्रयोग गरेर मजबुत बनाइएको छ ।’
आयोजनाको प्रगति अहिले ७५ प्रतिशत पुरा भएको छ– धिमालले भने–‘ कोभिडले समस्या नपारेको भए अहिलेसम्म सबै काम सकिन्थ्यो ।’ कोरोनाका कारण खानेपानी आयोजनालाई आवश्यक पर्ने सामान भारत, चीन र अन्य क्षेत्रबाट आउँनलाई समस्या भयो– उनले भने– ‘कोरोना माहामारीले गर्दा मजदुरहरु समेत आतिए, भाग्ने अवस्था थियो ।
खानेपानी आयोजनाको काम समयमै सक्न निर्माण पक्षले कुनैपनि कमजोरी नगरेको इञ्जिनियर कपिलदेव यादवले बताए । कामको गुणस्तर जाँचका लागि ल्याबको व्यवस्था परिएको छ, उनले भने– ‘जुन सुकै काम गर्दा समिती, कन्सलट्यान्ट र सरकारी निकाय सबै जना सल्लाह गरेर काम गरिदै आएको छ ।’ प्रगती ७७ पुरा भएको छ र पाइपलाइन लगभग सबै सकिएको छ यादव भन्छन्–‘पाइपलाइनको काम जम्मा ५ किमि पनि बाँकी छैन् । उनी भन्छन्–‘फिटिङका सामग्री समयमै आए डेढ महिनामा इलाम सरदमुकामको शिखरनगरमा पानी पुग्छ ।’
कारोनाको समस्या नआएको भए २ बर्षको सम्झौता अवधिमा नै खानेपानीको आयोजनाको काम सम्पन्न हुने निर्माण कम्पनी रमण कन्ट्रक्सन कम्पनीका कार्यकारी निर्देशक पवन महतोेले बताए । ‘२ बर्षमा सक्ने लक्ष्य थियो, लकडाउनले गर्दा ६ महिना म्याद थप गरेर चौथो महिनामा काम चलिरहेको छ, महतोले भने–‘कागज र प्रगती हेर्दा योजनामा असहज देखिएन, समितीको सहयोग, टिडिएफको समयमा भुक्तानी र एडिबीको सहयोगले सहज ढंगले आयोजनामा काम भएको छ ।’
महतो भन्छन्–‘सबै मिलेको छ भेरिएसन गर्ने काम प्रक्रियाम रहेको छ । आयोजनाको स्काडर सिस्टम भएको अटोमेटिक मिटर रिडिङ राखिने भएकाले त्यो काम पनि चाँडै हुनेछ ।

‘मान्छे मिटरमा गएर रिडिङ भन्दा पनि मान्छे कोठामै बसेर पानी खपतको हिसाब गर्ने भएकाले ५÷६ महिना समय लियो, महतोले भने– ‘मेलम्चि खानेपानी आयोजनामा पनि नभएको सिस्टम नेपालमा भर्खरै यो आयोजनामा हालिएकाले केहि सयम लिएको हो ।’
आयोजनामा लाग्ने फिटिङ सबै भारतको मुम्बाई नासिकबाट ल्याएको उनले बताए । अहिले आयोजनाका सामग्रीहरु पनि भारतमा लकडाउन केहि खुकुलो भएकाले ढुवानी गर्न थालिएको छ । ढुवानी भएका फिटिङ्गका सामग्रीहरु फिटिङ्गको काम गरिसकेपछि उपभोक्तालाई पानी खुवाउन टेस्टिङ एन्ड कमिसन सवै घरघुरी सप्लाई गरिने महतोले बताए ।
निर्माणको समयमा आइपरेका समस्या समाधानमा स्थानीय सरकार र प्रशासन संग समन्वय गरेर हल गरेकाले आयोजनाको काम नरोकिएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए । ‘कोभिडको अवस्थामा आयोजना स्थल भित्र प्रकोप फैलिएकोले समस्या परेपनि सबैको समन्वयमा काम निरन्तर अघि बढेको उनले बताए । ‘तराई मुलका मानिसले काम गर्नुपर्ने भएकाले कामदार खटाउन नै समस्या देखिएको थियो– थापाले भने– ‘अर्को तिर आयोजनाको फिटिङ सामाग्री भारतको कलकताको उद्योगबाट ठेकेदारले ल्याउनुपर्ने त्यहाँ पनि महामारीले गर्दा सामन ढुवानीमा समस्या भएपनि अहिले समान आउँदैछ ।’
थापा भन्छन्–‘ सामान ढुवानीमा सहज भएपछि पानी प्रशोधन गर्ने रिजभेर टंयाकहरुमा, भल्भहरु फिटिङ द्रुत गतिमा भइरहेको छ । उपभोक्ता समितीको अभिभावकको रुपमा स्थानीय सरकार रहेको र बुद्धिजिवी व्यपारी, उद्योगीहरुबाट निरन्तर सहयोगका कारण आयोजनाको काममा प्रगति भएको थापाले बताए ।
आयोजनाका लागि पभोक्ताबाट १५ हजार २ सयका दरले रकम संकलन गरिएको र स्थानीय सरकार इलाम नगरपालिकाको महत्वर्पूण सहयोग भएको उपभोक्ता समितिका कोषाध्यक्ष प्रभास सर्माले बताए भएकाले आयोजनाको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
आयोजनामा एशियाली विकास बैँकको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लगानी रहेको छ । सदरमुकामबाट करिब ३२ किलोमिटर टाढा रहेको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते, मेवाखोलाबाट १०–१० र सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने छ ।
आयोजनाको सुरुको वर्ष दुई हजार सात सय ९८ घरधुरको उपभोक्तालाई खानेपानी पु¥याउने योजना रहेपनि हालसम्म ३२ सय ४० परिवार उपभोक्ताले खानेपानी जडानका लागि आवेदन दिएका छन् ।