Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

निजिकरण गरिएको चिया बगान फिर्ता माग्न स्थानीय सरकार एकमत

निजिकरण गरिएको चिया बगान फिर्ता माग्न स्थानीय सरकार एकमत

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ७ २०७८


निजिकरण गरिएको चिया बगान फिर्ता माग्न स्थानीय सरकार एकमत

इलाम । इलाम र झापाका निजिकरण गरेका सातवटा चिया बगान स्थानीय तह मातहत ल्याउन बगान मातहतका स्थानीय सरकारले पहल शुरु गरेका छन्। बगान रहेको झापा र इलामका पालिका प्रमुखहरुको झापाको बुद्धशान्तिमा बसको दोश्रो बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै चिया विकास सञ्चालनको जिम्मा स्थानीय तहलाई हस्तान्तरण गराउनका लागि साझा निचोडमा पुगेका छन् ।

पालिका प्रमुख हरुले जसरी भएपनि बगान सरकार मातहत ल्याई रोजगारी मार्फत नागरिकको स्वामित्ब राख्न पहल गरिएको जनाएको छ । पालिकाको आर्थिक सम्वृद्धि गर्न, चिया पत्ति उत्पादन बृद्धि गर्न, बगान संरक्षण र सम्बर्द्धनमा अनुगमन र निरीक्षण गर्न, औधोगिकरणको पहिचान दिन र प्रकृतिक तथा जैविक बिबिधता संरक्षण गर्न समेत स्थानीय तह मार्फत चिया बगान ल्याउनु पर्ने माग गरेका ‌हुन ।

पालिका प्रमुखहरुको बैठकले नेपाल चिया विकास निगम लिमिटेडलाई श्रावण महिनाको मसान्तसम्म पालिकालाई बुझाउन पर्ने बक्यौता चुक्ता गरिदिने भनी पत्रचार गर्ने निर्णय समेत गरेको छ। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गइसकेको हुनाले पनि केन्द्रिकृत , एकात्मक सरकारले गरेको निर्यणमा पुनमूल्यांकन हुनुपर्नेमा पालिकाहरू रहेको सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राई बताउँछन् ।

नेपाल चिया विकास निगम लिमिटेडले श्रम ऐन अनुसार श्रमिकहरूलाई सेवा सुविद्या उपलव्ध नगराएको र व्यवसायिक सामाजिक उत्तरदायित्वमा कुनै कार्य नगरेको हुनाले अव पालिकाले आफ्नो मातहतमा ल्याउन अघि बढ्न जरुरी रहेको पालिकाले निश्कर्ष निकालेको छ । बगान संचालनको अबस्था ज्यादै कमजोर, आर्थिक अपारदर्शीता, मनोमानी एकलौटी ढंगबाट संचालन गरि राज्यलाई तिर्नुपर्ने कर समेत नबुझाएको स्थानीय तहका प्रमुखहरुको निचोड रहेको छ । तत्कालीन ब्यवस्था परिवर्तन भई सकेकोले सम्झौता खारेज गर्न माग गरिएको छ।

नेपाल सरकार, नेपाल चिया विकास निगम र इस्टर्न कलर ल्याब लिमिटेड काठमाडौका पुरुषोत्तम लाल संघाई बिच भएको सम्झौता भंग गरी स्थानीय सरकार मातहत संचालन गर्न माग गरिएको छ । हजारौं स्थायी श्रमिकहरूलाई विना कारण कामबाट हटाएर केहि समय मात्रै श्रमिक बनाईएको छ। यसले गर्दा ठूलो संख्यामा बेरोजगारीको समस्या पैदा भएको छ। त्यसैले गर्दा नेपाल चिसा विकास निगम लिमिटेडलाई संचालन गर्न दिन उपयुक्त छ या छैन भन्ने व्यापक छलफल गर्दै संघीय सरकार , प्राकृतिक श्रोत तथा वित्त आयोग, संसदीय समितिहरू सित छलफल गर्ने निर्णय भएको बताईएको छ ।

इलामको माई नगरपालिकामा अबस्थित चिलिमकोट चिया बगान १ हजार एकड र सोक्तिम चिया बगान २४० एकड, सुर्योदय नगरपालिकामा रहेको कन्याम चिया बगान ५३४.७१ एकड र इलाम नगरपालिकामा रहेको ईलाम चिया बगानको १३४.७६ एकड क्षेत्रमा चिया बिस्तार गरिएको छ । त्यस्तै झापाको मेचीनगर नगरपालिकामा रहेको टोक्ला चिया बगान ८३१.२१ एकड, बुद्दशान्ति गाँउपालिकको बर्ने चिया बगान २ हजार ५४ एकड र बाह्रदशी गाँउपालिका रहेको बाह्रदशी चिया बगान ४०१.६६ एकडको स्वामित्व स्थानीय सरकार मातहत ल्याउने पहल शुरु भएको माई नगर प्रमुख दिपककुमार थेवेले बताए । यसअघि सात वटा बगान रहेको ६ स्थानीय तहले बगान फिर्ता गर्नका लागि पहिलो चरणको छलफल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार