Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

हरियोपत्तीको मुल्य उद्योगले मनपरी तोकेपछि सूर्योदयमा अनुगमन

हरियोपत्तीको मुल्य उद्योगले मनपरी तोकेपछि सूर्योदयमा अनुगमन

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ३२ २०७८


हरियोपत्तीको मुल्य उद्योगले मनपरी तोकेपछि सूर्योदयमा अनुगमन

फिक्कल । हरियोपत्तीको मुल्य उद्योग र संकलकहरुले आफु खुशी निर्धारण गर्न थालेपछि सूर्योदय नगरपालिकाकाले अनुगमन गरेको छ । नगरपालिकाले पहिलो चरणमा २ वटा चिया उद्योग र ३ संकलन केन्द्रमा मुल्य सम्बन्धि अनुगमन गरेको हो । अनुगमनको क्रममा सकंलन केन्द्रहरुमा किसानहरुले ल्याएको हरियो चियापत्तीको गुणस्तर कमसल रहेको र चिया उद्योगले समेत आफु खुशी मूल्य निर्धारण गरेको पाइएको छ ।

नगर प्रमुख रणबहादुर राईको नेतृत्वमा जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई, राष्ट्रीय चिया तथा कफि विकास बोर्डका सदस्य पुनम बान्तवा, चिया तथा कफि बिस्तार आयोजना फिक्कल प्रमुख इन्द्र अधिकारी ,सूर्योदय उद्योग बाणिज्य सघंका अध्यक्ष प्रमोद राई, वडाध्यक्ष देवेन्द्र आचार्य, पेमा उगेन लामा लगायतको टोलीले वडा नं ४ मा सञ्चालित गणेश हिमाल टि कारखानामा र इलाम टि प्रोडुर्सस प्रालिले २०, २५, ३० र ३५ रुपैया मुल्य सुची टास गरेको पाएपछि उद्योगलाई न्युनतम चियाको समर्थन मुल्य ४० कायम गर्न चेतावनी दिएको छ ।

अनुगमनका क्रममा भेटिएका किसानरुको पत्तीको गुणस्तर जाँच गरि न्यूनतम ४० रुपैया कायम भएको बिल समेत काटन लगाइएको थियो । कारखानमा टास गरिएको मुल्य सुची समेत हटाइएको छ । अनुगमनका क्रममा संकलन केन्द्रमा समेत कमसल पत्ती पाइएको छ । झार मिश्रित हरियोपत्ती संकलकहरुले खरिद गरेको पाइएपछि अनुगमनका सहभागीहरुले यस्ता गल्ती नदोहो¥याउन चेतावनी दिए । उनीहरुले किसानहरुबाट गुणस्तरिय पत्ती खरिद गरेर उद्योगमा न्युनतम सर्मथन मुल्य भन्दा कममा विक्री नगर्न सुझाव दिए ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले नगरले तोकको कार्यबिधि भित्र रहेर न्युनतम समर्थन मुल्य कायम गरेर अगाडी बढ्न अनुरोध गरे । उनले किसानहरुमा समेत गुणस्तरिय चिया टिपाई गरेर उद्योग र संकलकलाई दिन अनुरोध गरे । नगर प्रमुख राईले न्युनतम समर्थन मुल्य कायम गराउन नगर क्षेत्रमा संकलन केन्द्र र उद्योगमा अनुगमन कार्य तिव्रता दिने बताए । उनले किसानहरु समेत नसुध्रिए चिया क्षेत्रमा संकटमा रहेकाले गुणस्तरिय चिया टिपाई गरेर उच्च मुल्यमा विक्री गर्न सुझाव दिए ।

उद्योगीहरुले भने चियाको गुणष्तर सुधार गरेर आएमा नगरलेले तोकेको न्युनतम रु ४० दिन आफुहरु तयार रहेको बताएका छन । किसानहरुले आफुहरुले न्युतम मूल्य पाउन नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार